छ वटा संसदीय समितिको बैठक बस्दै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
३३३ पटक हेरिएको
Shares
छ वटा संसदीय समितिको बैठक बस्दै 

सारांश

  • छ वटा संसदीय समितिको बैठक आज बस्दै छ ।
  •   बुधबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
  •   बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहेको छ ।

काठमाडौं ।

छ वटा संसदीय समितिको बैठक आज बस्दै छ ।  बुधबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।  बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहेको छ ।

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।  बिहान ९ः३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान सम्बन्धमा छलफल हुने कार्यसूची छ ।  कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा आन्तरिक छलफल हुनेछ यस्तै, बिहान ९ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा युनेस्को र पुरातत्त्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने नेपालका सम्भावित सम्पदाहरु सम्बन्धमा छलफल हुने कार्यसूची छ ।  संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवद्र्धन सम्बन्धमा छलफल हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?
१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?
आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति चिकित्सक संघको आपत्ति
आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति चिकित्सक संघको आपत्ति
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार
सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने