परराष्ट्रमन्त्री खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
३४० पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता

सारांश

  • नेपाल भ्रमणमा रहेका मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातार र परराष्ट्रमन्त्री शिशिर खनालबीच सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।
  •   भेटवार्ताका क्रममा नेपाल र मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य-मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको छ।
  •   परराष्ट्रमन्त्री खनालले नेपाल र मंगोलियाबीच भूराजनीतिक रूपमा धेरै समानता रहेको उल्लेख गर्दै नेपालले मंगोलियाको अनुभवबाट सिक्न सक्ने बताए।

१८ साउन, काठमाडौं ।

नेपाल भ्रमणमा रहेका मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातार र परराष्ट्रमन्त्री शिशिर खनालबीच सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।  भेटवार्ताका क्रममा नेपाल र मंगोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य-मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको छ।  परराष्ट्रमन्त्री खनालले नेपाल र मंगोलियाबीच भूराजनीतिक रूपमा धेरै समानता रहेको उल्लेख गर्दै नेपालले मंगोलियाको अनुभवबाट सिक्न सक्ने बताए।

उनले विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य-मान्यताका क्षेत्रमा दुई मुलुकबीच सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।  मन्त्री खनालले नेपाल र मंगोलियाले भूपरिवेष्टित मुलुकहरूको अधिकार तथा हितका पक्षमा संयुक्त रूपमा आवाज उठाउन सक्ने बताए। उनले मंगोलियाले आफ्ना छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै साझेदारी व्यवस्थापनमा विश्वस्तरमा पहिचान बनाउन सफल भएको भन्दै त्यसको प्रशंसा गरे। भेटवार्तामा नेपाल र मंगोलियाबीचको द्विपक्षीय तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावित उपायहरूबारे समेत छलफल भएको जनाइएको छ। मन्त्री खनालले नेपालको नयाँ सरकार मंगोलियासँग आध्यात्मिक साझेदारका रूपमा सम्बन्ध थप सुदृढ गर्न इच्छुक रहेको बताए।

भेटवार्तामा पूर्वप्रधानमन्त्री जन्दानशातारले नेपाल र मंगोलियाबीच रहेका भौगोलिक समानताको चर्चा गर्दै बदलिँदो विश्व व्यवस्थामा मंगोलिया र नेपालजस्ता साना मुलुकहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले नेपाल र मंगोलियाबीच साझा बौद्ध मूल्य-मान्यता तथा संस्कृति रहेको उल्लेख गर्दै दुवै मुलुक एक-अर्काका आध्यात्मिक छिमेकी रहेको बताए।  उनले बौद्ध धर्मका मूल्य-मान्यता, संस्कृति तथा नेपालमा चेस खेलको विकासका क्षेत्रमा सहकार्य गर्न मंगोलिया इच्छुक रहेको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा
राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा
प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै
प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै
राष्ट्रियसभाको बैठक  कार्तिक १४ मा बस्ने
राष्ट्रियसभाको बैठक कार्तिक १४ मा बस्ने
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
ध्वस्त सर्वोच्चमा भेटिए तोपका गोला र हातहतियार
ध्वस्त सर्वोच्चमा भेटिए तोपका गोला र हातहतियार
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा