नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ८, २०८१
|
|
११८ पटक हेरिएको
Shares
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान

सारांश

  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान गरेको छ ।
  • लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम कम्पनीको कर्मचारी विनियमावली, २०७८ (संशोधन समेत) बमोजिम खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागिएको हो ।
  • योग्यता पुगेका, विनियम १७ बमोजिम अयोग्य नभएका तथा लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरेको सम्बन्धमा यसअघि निश्चित अवधिसम्म आयोगद्वारा सञ्चालित कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाहीमा नपरेका इच्छुक नेपाली नागरिकहरूबाट आनलाइन दरखास्त आह्वान गरिएको छ ।

८ वैशाख, काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान गरेको छ ।

लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम कम्पनीको कर्मचारी विनियमावली, २०७८ (संशोधन समेत) बमोजिम खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागिएको हो । योग्यता पुगेका, विनियम १७ बमोजिम अयोग्य नभएका तथा लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरेको सम्बन्धमा यसअघि निश्चित अवधिसम्म आयोगद्वारा सञ्चालित कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाहीमा नपरेका इच्छुक नेपाली नागरिकहरूबाट आनलाइन दरखास्त आह्वान गरिएको छ ।

आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, दस्तखतको नमुना, आफूले हासिल गरेको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरू, तालिम, अनुभव, परिषद् दर्ता प्रमाणपत्र, समावेशिताको प्रमाणपत्र, समकक्षता निर्धारण पत्रहरू अनलाइन फारामको निर्दिष्ट स्थानमा अपलोड गरी कम्पनीको website www.ntc.net.np वा recruit.ntc.net.np मार्फत दरखास्त दिनुपर्नेछ ।

रीत नपुगी, म्याद नाघी वा दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू संलग्न नभई पेस भएको दरखास्त उपर कुनै कारबाही हुनेछैन । अनलाइनद्वारा फाराम भर्दा आवेदकले भरेका र अपलोड गरेका विवरणहरू तोकिए बमोजिमका नभएमा वा झूठा ठहरिएमा त्यस्ता विवरणहरूको हकमा आवेदक स्वयं नै जिम्मेवार हुनेछ । लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा
स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा
काठमाडौंबाट श*व लिएर पुगेको हेलिकोप्टर दु*र्घटना
काठमाडौंबाट श*व लिएर पुगेको हेलिकोप्टर दु*र्घटना
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
चितवनको सभामा सांसद ढकालले यसरी सुनाए रविको ‘अन्तिम इच्छा’
चितवनको सभामा सांसद ढकालले यसरी सुनाए रविको ‘अन्तिम इच्छा’
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग