निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
१०५ पटक हेरिएको
Shares
निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

सारांश

  • पाकिस्तानको ‘ब्रड पिक’ क्षेत्रमा दिवंगत नेपाली पर्वतारोही निर्मल पुर्जालगायतको शव उद्धारमा खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारी गरेको छ ।
  • उद्धार अभियानको ग्राउन्ड टिमले दिएको जानकारी अनुसार पहिलो चरणमा हिम पहिरोमा परेर निधन भएको टोलीलाई क्याम्प–१ सम्म ल्याइनेछ ।
  • त्यसपछि सोमबार जापानी क्याम्पसम्म ल्याउने तयारी गरिएको छ।

 

१७ साउन, काठमाडौं ।

पाकिस्तानको ‘ब्रड पिक’ क्षेत्रमा दिवंगत नेपाली पर्वतारोही निर्मल पुर्जालगायतको शव उद्धारमा खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारी गरेको छ । उद्धार अभियानको ग्राउन्ड टिमले दिएको जानकारी अनुसार पहिलो चरणमा हिम पहिरोमा परेर निधन भएको टोलीलाई क्याम्प–१ सम्म ल्याइनेछ । त्यसपछि सोमबार जापानी क्याम्पसम्म ल्याउने तयारी गरिएको छ।

ग्राउण्ट टिमका अनुसार मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली तथा शवहरूलाई थप सुरक्षित स्थानमा सार्न सकिनेछ । दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने टोलीले जनाएको छ । हिमपहिरोमा पुर्जासहित अन्य १० जना बेपत्ता भएका थिए ।  बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । पुर्जाको निधन भएको शनिबार मात्रै पुष्टि भएको थियो । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार (१४ साउन) मध्याह्नतिर हिमपहिरो गएको थियो । उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए । पुर्जा टोलीका नेता थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?