अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
४६ पटक हेरिएको
Shares
अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिनका गर्न गठित छानबिन समिति घटनास्थलमा पुगेको छ ।
  • आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका म्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
  • ९ जना घाइते भएका छन् ।

 

१३ साउन, विराटनगर ।

सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिनका गर्न गठित छानबिन समिति घटनास्थलमा पुगेको छ । आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका म्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका छन् ।

घटनाको विरोधमा प्रदर्शन उग्र भएपछि गृह मन्त्रालयले सोमबार छानबिन गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । सोमबार नै विराटनगर आएको समितिले घट्नाका घाइतेलाई भेटेर बयान लिएको थियो । बुधबार बिहान घटनास्थल पुगेको हो । घटनास्थल पुगेको टोलीले घटनास्थलको निरीक्षणपछि स्थानीयवासीसँग सोधपुछ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ