देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
११७ पटक हेरिएको
Shares
देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द

सारांश

  • नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा मंगलबार आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएका छन् ।
  • वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै संघले ओपीडीसहित आकस्मिकबाहेकका सेवा स्थगित गरेको हो ।
  • संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा.

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा मंगलबार आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै संघले ओपीडीसहित आकस्मिकबाहेकका सेवा स्थगित गरेको हो ।

संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको तथा अस्पतालभित्र तोडफोडसमेत गरिएको जनाइएको छ ।

घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गर्दै चिकित्सकहरूले देशभर एकदिने विरोधस्वरूप आकस्मिकबाहेकका सेवा बन्द गरेका हुन् ।

नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । संघले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनाले स्वास्थ्य सेवा प्रवाह नै प्रभावित हुने भएकाले यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्ने जनाएको छ ।

सेवा बन्दका कारण देशभरका सरकारी तथा निजी अस्पतालमा नियमित उपचारका लागि पुगेका बिरामी प्रभावित भएका छन् । यद्यपि आकस्मिक सेवा, सघन उपचार कक्ष (आईसीयू) तथा अत्यावश्यक सेवाहरू भने नियमित सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो स्थानीयसँग विवाद
सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो स्थानीयसँग विवाद
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर
महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग
भारतको दिल्लीमा प्रदूषण बढेपछि जीआरएपी-३ लागू
भारतको दिल्लीमा प्रदूषण बढेपछि जीआरएपी-३ लागू
वीरगन्ज नाकाबाट १० लाख बढीको सामान बरामद
वीरगन्ज नाकाबाट १० लाख बढीको सामान बरामद
काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान
काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत