आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
२९३ पटक हेरिएको
Shares
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग

सारांश

  •   अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज पनि प्रभावित भएका छन्।
  •  नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै १० सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो।
  • प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

१० साउन, काठमाडौं । 

अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज पनि प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै १० सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो। प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यो सडकमा लामो समयदेखि रातिको समयमा गाडी चलेका छैनन्।  त्यसैगरी इलाममा मेची राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, दोलखामा लामासाघु रामेछाप सडक, रसुवामा त्रिशूली मैलुङ स्याफ्रुबेसीँ सडक, मुस्ताङमा जोमसोम कोरला सडक, अर्घाखाँचीमा सन्धिखर्क गोरुसिंहे सडक, रुकुम पश्चिममा भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ।  त्यसैगरी बागलुङमा कालीगण्डकी करिडोर सडक, भोजपुरमा मध्यपहाडी लोकमार्ग, खोटाङमा पनि मध्यपहाडी लोकमार्ग बाढी पहिरोको कारण एकतर्फी रुपमा मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साइबर ब्युरो पुगिन् गायिका एलिना चौहान
साइबर ब्युरो पुगिन् गायिका एलिना चौहान
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग
प्रहरी अस्पतालका डीएसपी चापागाईं ३ महिनादेखि सम्पर्कविहीन
प्रहरी अस्पतालका डीएसपी चापागाईं ३ महिनादेखि सम्पर्कविहीन
लागुऔध सहित एकजना युवक हेटौडाबाट पक्राउ।
लागुऔध सहित एकजना युवक हेटौडाबाट पक्राउ।
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल
आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै
आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै
बला*त्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बला*त्कारको आरोपमा वडाध्यक्ष पक्राउ
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा