आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
३९१ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ ।
  • हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल र बाँकी तराई भू(भागमा आंशिक बादल लागेको छ ।

काठमाडौं ।

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल र बाँकी तराई भू(भागमा आंशिक बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।  कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू्भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थान, मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति
विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल
सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या