हरिशयनी एकादशी :तुलसीको बिरुवा सार्ने र चतुर्मास व्रत सुरु हुने दिन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
३८४ पटक हेरिएको
Shares
हरिशयनी एकादशी :तुलसीको बिरुवा सार्ने र चतुर्मास व्रत सुरु हुने दिन

सारांश

  • प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।
  • आजकै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसीको मठमा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ।
  • सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज मठमा सारिन्छ।

काठमाडौं ।

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आजकै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसीको मठमा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ। सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज मठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक मान्यता छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। विष्णुको शयनकालका यी चार महिनालाई चतुर्मासा पनि भनिन्छ।

वैदिक परम्पराअनुसार एक वर्षमा २४ वटा एकादशी पर्छन्। सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासका आठ एकादशीमा व्रत बस्ने चलन छ। कामकाजका कारण नियमित व्रत बस्न नसक्नेहरूले भने हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत बस्ने गर्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु र नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने धार्मिक परम्परा छ।

धार्मिक महत्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिको रूपमा पनि लिइन्छ। वैज्ञानिक अध्ययनले तुलसीले वातावरण शुद्ध बनाउन र अक्सिजनको मात्रा बढाउन सहयोग गर्ने देखाएको छ। तुलसी रोपिएको स्थानमा हावा स्वच्छ रहने र विभिन्न रोगका कीटाणुको प्रभाव कम हुने विश्वास पनि गरिन्छ। वास्तुशास्त्रमा समेत तुलसीलाई शुभ र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ। तुलसी विवाह सम्पन्न भएपछि अग्निस्थापना तथा हवन गरी चतुर्मास व्रतको समापन गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा
उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु
धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु
बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह