१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
३५८ पटक हेरिएको
Shares
१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

सारांश

  • अघिल्लो दिन १३.
  • ९५ अंक घटेको सेयर बजार बिहीबार १४.
  • १७ अंक बढेको छ ।

७ साउन, काठमाडौं ।

अघिल्लो दिन १३.९५ अंक घटेको सेयर बजार बिहीबार १४.१७ अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७२६ अंकमा कायम भएको छ, जुन दिनभरको अधिकतम अंक पनि रह्यो । दिउँसो १२ : २३ बजे नेप्से परिसूचक २६८९ अंकसम्म झरेको थियो, जुन आज कारोबार अवधिभरको न्यूनतम अंक रह्यो । आज १४९ कम्पनीको मूल्य बढ्दा ११५ को घटेको छ भने १२ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६७ करोडको भयो । धेरैजसो समूहगत सूचक बढेका छन् । व्यापार सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७४, फाइनान्स ०.२७, होटल तथा पर्यटन ०.९९, जलविद्युत् १.१२, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.३१, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.६४ प्रतिशत बढे । अन्य ०.०८ तथा लगानी ०.४२ प्रतिशत घटे ।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै स्नो रिभर्सको १३.७१, एपोलो हाइड्रोपावरको ९.२५, होटल फरेस्ट इनको ७.५१ तथा सोपान फर्मास्युटिकल्सको मूल्य ७.४७ प्रतिशत बढ्यो । कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५ प्रतिशत घट्यो । बुधबारदेखि यस हाइड्रोपावरको संस्थापक, स्थानीय र कर्मचारीको गरी कुल १२ लाख ९ हजार १६९ कित्ता सेयरमा लकइन अवधि सकिएको छ । जसले बिहीबारको मूल्यलाई असर पार्‍यो । त्यस्तै बुंगल हाइड्रोपावरको ९.९३, रिलायन्स स्पिनिङ मिल्सको ४.४८ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो
हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै
नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै
चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प
चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु