कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
९३ पटक हेरिएको
Shares
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो

सारांश

  • लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ ।
  • डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम तथा विस्थापित र अत्यधिक आवतजावत गर्ने जनसंख्याका कारण संक्रमण फैलिन अनुकूल अवस्था बनेको बताए ।
  • उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा उपचार र निगरानी स्वीकार गर्न जनचेतना फैलाउने कामलाई तीव्र बनाएका छन् ।

काठमाडौं ।

लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ । डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम तथा विस्थापित र अत्यधिक आवतजावत गर्ने जनसंख्याका कारण संक्रमण फैलिन अनुकूल अवस्था बनेको बताए ।

उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा उपचार र निगरानी स्वीकार गर्न जनचेतना फैलाउने कामलाई तीव्र बनाएका छन् । हालको प्राथमिकता संक्रमण प्रभावित क्षेत्रलाई सीमित राख्दै थप फैलिन नदिनु रहेको उनले बताए । डीआर कंगो सरकारका अनुसार आइतबारसम्म इबोलाका दुई हजार ४२३ पुष्टि भएका संक्रमित भेटिएका छन् । तीमध्ये ९६७ जनाको मृत्यु भएको छ भने ४६९ जना निको भएका छन् । हाल ७३४ जना बिरामी उपचार वा निगरानीमा रहेका छन् । संक्रमणले अग्रपंक्तिमा खटिएका १२१ जना स्वास्थ्यकर्मीलाई पनि प्रभावित बनाएको छ । तीमध्ये ३६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । इटुरी प्रान्तको अड्जा स्वास्थ्य क्षेत्रमा समेत संक्रमण पुष्टि भएसँगै पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्रमा इबोला फैलिएको छ । तीमध्ये ४६ क्षेत्रमा अझै सक्रिय संक्रमण रहेको बताइएको छ ।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोपको केन्द्र इटुरी प्रान्त नै हो, जहाँ कुल संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी र मृत्युको करिब ८० प्रतिशत घटना दर्ज भएका छन् । जनसंख्याको आवतजावत, सुरक्षा चुनौती, अनौपचारिक खानी गतिविधि तथा युगान्डा र दक्षिण सुडानसँगको सीमापार आवागमनले संक्रमण नियन्त्रणमा थप चुनौती थपेको डब्ल्यूएचओले जनाएको छ । संक्रमण सीमापार फैलिन नदिन डीआर कंगो र युगान्डाले सीमा क्षेत्र कासेनीमा सञ्चालन गरिएको मोबाइल प्रयोगशालाको संयुक्त प्राविधिक मूल्यांकनसमेत गरेका छन् । सीसीटीभी प्लस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल
नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...