आज यी ११ जिल्लामा आकस्मिक बाढीको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
१६० पटक हेरिएको
Shares
आज यी ११ जिल्लामा आकस्मिक बाढीको सम्भावना

सारांश

  •   बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार देशका ११ जिल्ला र त्यस आसपास भएर बग्ने खोला तथा नदीमा बाढी आउने र जोखिम निम्त्याउने सम्भावना देखिएको हो।
  • बाढी महाशाखाले सूचनामा भनेको छ, ‘आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
  • ’ यसैबिच मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा मध्यम र कतिपय ठाउँमा भारी वर्षाको पनि सम्भावना भएको जानकारी दिएको छ।

 

आज मंगलबार पनि देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ।  बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार देशका ११ जिल्ला र त्यस आसपास भएर बग्ने खोला तथा नदीमा बाढी आउने र जोखिम निम्त्याउने सम्भावना देखिएको हो।

बाढी महाशाखाले सूचनामा भनेको छ, ‘आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’

यसैबिच मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा मध्यम र कतिपय ठाउँमा भारी वर्षाको पनि सम्भावना भएको जानकारी दिएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,

दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती प्रदेशको हिमाली भूभाग तथा देशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा र देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु हुँदै
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु हुँदै
ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध
ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या
भारतको बिहारमा मेडिकल व्यवसायीको गोली हानी ह*त्या
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
संघीय संसदका चार समितिको बैठक बस्दै
संघीय संसदका चार समितिको बैठक बस्दै
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने अदालतको यी ५ आधार
रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने अदालतको यी ५ आधार
राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सर्वपक्षीय सहमति गरौं : राजेन्द्र लिङ्देन
राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सर्वपक्षीय सहमति गरौं : राजेन्द्र लिङ्देन
सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ
सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ