चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
५६३ पटक हेरिएको
Shares
चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ

सारांश

  •   दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।
  • अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिए।
  • प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौँबाट पक्राउ गरिएको हो।

२ असार, काठमाडौं । 

दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौँबाट पक्राउ गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका-२ निवासी गोविन्द कुमार साहले व्यापार व्यवसाय गर्न गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर रु ९९ लाख ऋण लिएका थिए। गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिई गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखी रु चार करोड ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए। जनकपुरधामस्थित गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्सा बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले बताए। पक्राउ परेका तीनै जनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा शक्ति बस्नेत तेस्रो स्थानमा
जाजरकोटमा शक्ति बस्नेत तेस्रो स्थानमा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
अर्थमन्त्री खनालद्वारा आगजनीले ध्वस्त भाटभटेनी निरीक्षण
विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय
अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव
अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
जुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै नेकपाका भण्डारी
जुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै नेकपाका भण्डारी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...