६० दिनसम्म कार्यालय नआएका २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
६९ पटक हेरिएको
Shares
६० दिनसम्म कार्यालय नआएका २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग

सारांश

  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।
  • बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको हो ।
  • मन्त्रालयका अनुुसार सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र सबै कर्मचारीहरुले आफ्नो स्पष्टीकरण पेश गर्नुपर्ने छ ।

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको हो ।

मन्त्रालयका अनुुसार सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र सबै कर्मचारीहरुले आफ्नो स्पष्टीकरण पेश गर्नुपर्ने छ ।

‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार साठी (६०) दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्था देखिएकोले उल्लिखित कर्मचारीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने रु विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सफाइ पेश गर्नुहुन सम्बन्धित कर्मचारीहरुलाई यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ ।

मन्त्रालयको अनुसार उक्त कारबाही प्रक्रियाको दायरामा पर्नेहरूमा कान्ति बाल अस्पताल महाराजगन्ज, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र
बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
सगरमाथा संवाद विश्वव्यापी पहल हो : राज्यमन्त्री विक
सगरमाथा संवाद विश्वव्यापी पहल हो : राज्यमन्त्री विक
रौतहटमा ओलीलाई १०१ किलोको माला
रौतहटमा ओलीलाई १०१ किलोको माला
‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए
‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए
रोकियो निजामती विधेयकमाथिको दफावार छलफल
रोकियो निजामती विधेयकमाथिको दफावार छलफल
तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान
तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान