फतुवा विजयपुर नगरपालिकाको सार्वजनिक अनुरोध!
 फतुवा विजयपुर नगरपालिकाको सार्वजनिक अनुरोध!

रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३०, २०८३
|
|
३६२ पटक हेरिएको
Shares
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा

सारांश

  • रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
  • खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरिएको थियो।
  • पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

 

रामेछाप । रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरिएको थियो। पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका ९होल्ड गरिएका० सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेततापूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

गत वर्ष रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पु¥याएको थियो। बाढीबाट क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण कार्य अहिले जारी रहेको छ ।

हाल खोलामा डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालन गरिँदै आएको छ । अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकाले खोलामा पानीको सतह बढ्ने बित्तिकै सुरक्षाका कारण सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ ।

वर्षायाममा रोशी खोलाको बहाव जुनसुकै समयमा बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा प्रहरी र सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार वटा संसदीय समितिको बैठक बस्दै
चार वटा संसदीय समितिको बैठक बस्दै
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास हुँदैछ: प्रचण्ड
संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास हुँदैछ: प्रचण्ड
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ