सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २१, २०८३
|
|
२५४ पटक हेरिएको
Shares
सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा

सारांश

  • सरकारको १०० दिनको उपलब्धी सार्वजनिक भएपछि कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले सरकारका कामलाई आफूले पाँच वटा बुँदामा हेरेको बताएका छन् ।
  • सभापति थापाले वर्तमान सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता रहेको बताउँदै नागरिकको जनजीविकाको सवालमा सरकारको प्राथमिकतामा नभएको बताएका छन् ।
  • सभापति थापाले प्रधानमन्त्रीको फोकस शासकीय कामहरुमा बढी देखिएको टिप्पणी गरेका छन् ।

काठमाडौं :

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई नागरिकको जनजीविका (लाइफ) को भन्दा सामाजिक सञ्जालमा लाइकको चिन्ता रहेको टिप्पणी गरेका छन् । सरकारको १०० दिनको उपलब्धी सार्वजनिक भएपछि कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले सरकारका कामलाई आफूले पाँच वटा बुँदामा हेरेको बताएका छन् ।

सभापति थापाले वर्तमान सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता रहेको बताउँदै नागरिकको जनजीविकाको सवालमा सरकारको प्राथमिकतामा नभएको बताएका छन् । सभापति थापाले प्रधानमन्त्रीको फोकस शासकीय कामहरुमा बढी देखिएको टिप्पणी गरेका छन् । उनले नेपालमा भूमिहीनको समस्या संरचनागत समस्या भएको समेत बताएका छन् । सभापति थापाले भूमिहीनको समस्या लामो समयदेखिको भएको बताउँदै यो समस्या कहिँ न कहिँ गएर दलित समुदायसँग गएर जोडिने बताएका छन् । उनले यसको कारण संरचनागत कुरा भएको बताएका छन् । भूमिहीनको समस्या समाधानका लागि विगतका सरकारहरुले धेरै काम गरिसकेको बताउँदै यो सरकारलाई यो समस्या समाधानका लागि केहि सहज अवस्था रहेको बताए ।

सभापति थापाले अव्यवस्थित वसोबासीको समस्या समाधान गर्ने कुरामा पुराना पार्टीहरुको कुनै विमति नभए पनि सरकारले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने कुरामा आवश्यक प्रक्रिया अवलम्बन गर्न चुकेको बताए । रास्वपा सरकारले कानुनबाट हल गर्न सकिने सबै कुराहरु तयारी रहेको अवस्थामा समेत एकाएक बस्तीमा डोजर चलाएर सरकारले फिल्मी शैली प्रदर्शन गरेको बताए । उनले सुकुम्बासी बस्तीमा सरकारले मानवीयता नदेखाएको समेत आरोप लगाए । सभापति रासवपाले दलित समुदायसँग माफी मागेको कुरा आफूहरुले समेत स्वागत गरेको बताए । तर, दलित समुदायहरुसँग सरकारले माफी माग्दै गर्दा उनीहरुको जीवनलाई सहज बनाउन के गरियो भन्ने कुरा आउने बताए ।

उनले सुकुम्बासी बस्तीबाट लखेटिएकाहरुमा धेरैजसो दलित समुदायका मानिसहरु नै रहेको समेत बताएका छन् । सभापति थापाले सरकारले यसपटक परीक्षाफल छिटो प्रकाशित गरेको भए पनि छिटो नतिजा प्रकाशन गर्दै गर्दा अहिले पनि सयौं विद्यार्थीहरु अहिले माइतीघर मण्डलामा नारा लगाएर बस्नु परेको अवस्था रहेको बताए । उनले विद्यार्थीहरु माइतीघरमा नारा लगाएर बस्नु पर्ने वाध्यता उसको जीवनसँग जोडिएको विषय समेत भएको सभापति थापाले बताएका छन् । उनले विद्यार्थीको नतिजामा भएको त्रुटी एक–दुई वटा मात्र भएको भए सामान्य रुपमा हेर्न सकिने भए पनि अहिलेको विषय सामान्य नभएको बताए । उनले सरकारले निर्णय गर्दैगर्दा आफूले गरेको निर्णयले लाइफ (जीवन) मा के असर पर्छ भन्ने नसोचेको बताए ।

 

सभापति थापाले सरकारले छिटो नतिजा प्रकाशनको विषयलाई कति लाइक थप्छ भन्ने भनेर मात्र सोंचेको आरोप लगाए । सभापति थापाले सरकारको काम गर्ने शैली र प्रक्रियाको विषयमा समेत आपति जनाएका छन् । डेमोक्रेसीमा सरकार प्रतिनिधि मात्र भएकाले प्रक्रिया अनुसार नै चल्नु पर्ने बताएका छन् । सरकारले प्रोसेस पुरा गर्दिन भने कहिँ न कहिँ पुगेर दुर्घटना हुने समेत बताएका छन् । सभापति थापाले अहिलेको सरकारले ‘म तिमीलाई परिणाम दिन्छु, प्रक्रिया गोलीमाराको शैलीमा अगाढि बढिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
धनुषा अदालत अगाडि पीडित महिलाले गरिन् आ*त्मदा*ह प्रयास
धनुषा अदालत अगाडि पीडित महिलाले गरिन् आ*त्मदा*ह प्रयास
एमालेको ११ औं महाधिवेशन आज
एमालेको ११ औं महाधिवेशन आज
एमालेले मंसिर ७ गते किन गर्दैछ काठमाडौँमा जनजागरण सभा?
एमालेले मंसिर ७ गते किन गर्दैछ काठमाडौँमा जनजागरण सभा?
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णय
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी