तीन दिनसम्म भेटिएनन् कर्णालीमा हराएका यात्रु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २०, २०८३
|
|
२९३ पटक हेरिएको
Shares
तीन दिनसम्म भेटिएनन् कर्णालीमा हराएका यात्रु

सारांश

  • कर्णाली नदीमा खसेको गाडी र यात्रु तीन दिनसम्म पनि भेटिएका छैनन् भने सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन्।
  •   दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गको साङ्गतेडा क्षेत्रमा असार १८ गते यात्रुबाहक फोर्स गाडी दुर्घटना भएको थियो।
  • गाडीमा पाँच यात्रु सवार रहेको पुष्टि भएको छ भने थप यात्रु थिए वा थिएनन् भन्ने विषयमा खोजबिन जारी रहेको छ।

२० असार, काठमाडौं ।

कर्णाली नदीमा खसेको गाडी र यात्रु तीन दिनसम्म पनि भेटिएका छैनन् भने सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन्।  दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गको साङ्गतेडा क्षेत्रमा असार १८ गते यात्रुबाहक फोर्स गाडी दुर्घटना भएको थियो। गाडीमा पाँच यात्रु सवार रहेको पुष्टि भएको छ भने थप यात्रु थिए वा थिएनन् भन्ने विषयमा खोजबिन जारी रहेको छ।

दुर्घटनामा मृत्यु भएका एक जनाको शव परिवारलाई बुझाइएको छ।  जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार, घटनास्थलमा फेला परेका मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त विवरणका आधारमा गाडीमा सवार पाँच यात्रुको पहिचान गरिएको हो।सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का गाडी चालक तुलाराम सुवेदी, उनका दाइ सहचालक रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका-२ की १९ वर्षीया सिर्जना खड्का र कालिकोटकै पचालझरना गाउँपालिका-९ का मेखे तिरुवा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए।  यस्तै, पचालझरना गाउँपालिका-९ का जेखे तिरुवाको शव भिरमा अड्किएको अवस्थामा प्रहरीले निकालेको थियो। उनको शव आफन्तले सनाखत गरेका छन्। शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरी निरीक्षक रोकायाले बताए।

सुर्खेतबाट कालिकोटका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको गाडी असार १८ गते बिहान साढे ११ बजे सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेर डुबेको थियो। दुर्घटनापछि गाडी र यात्रुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय बासिन्दा खटिएका छन्। गाडी र यात्रुको तीन दिनसम्म पनि कुनै पत्तो लाग्न सकेको छैन।  कर्णाली नदीको तीव्र बहावलाई ध्यानमा राख्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वय गरेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। गाडीमा थप यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

त्यस्तै, गाडी र यात्रुको खोजीका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार जना गोताखोरसहितको टोली खोजी कार्यमा जुटेको छ। पानीमुनि तथा भेलमा खोज्न सोनार क्यामरा र म्याग्नेटलगायत उपकरणसहित खोजीमा जुटेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशलाई बन्धक बनाउने कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : लिङदेन
देशलाई बन्धक बनाउने कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : लिङदेन
अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
आज काठमाडौँसहित ३२ जिल्लामा बाढीको जोखिम
आज काठमाडौँसहित ३२ जिल्लामा बाढीको जोखिम
सुनसरीका २ पालिकामा आज पनि निषेधाज्ञा
सुनसरीका २ पालिकामा आज पनि निषेधाज्ञा