मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १८, २०८३
|
|
७०२ पटक हेरिएको
Shares
मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित

सारांश

  • बजेट संशोधनको माग गर्दै विपक्षी दलले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरोध गरेका छन् ।
  • प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेका हुन् ।
  • बैठकको सुरुमै जनमतका सांसद संजयकुमार यादवले सरकारले एक करोडको बजेट ल्याउने नाममा टुक्रे योजनाहरू भएको बजेट ल्याएर संघीयतामाथि झन् वितृष्णा बढाउन खोजेको आरोप लगाए ।

१८ असार, जनकपुरधाम ।

बजेट संशोधनको माग गर्दै विपक्षी दलले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेका हुन् । बैठकको सुरुमै जनमतका सांसद संजयकुमार यादवले सरकारले एक करोडको बजेट ल्याउने नाममा टुक्रे योजनाहरू भएको बजेट ल्याएर संघीयतामाथि झन् वितृष्णा बढाउन खोजेको आरोप लगाए । उनले बजेट संशोधन नभएसम्म प्रतिपक्षी दुबै दलले सदन चल्न नदिने अडान लिए ।

यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट संशोधन हुनुपर्ने वा छानविन समिति गठन गरे मात्र सदन चल्न दिने बताए ।प्रतिपक्षीले सदन अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले अनिश्चित समयका लागि बैठक स्थागित गरेका छन् । उनले अर्को सूचना नहुञ्जेलसम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् । यसअघि बुधबार पनि बजेटमाथि छलफलको लागि बसेको बैठक दुई दलको अवरोधका कारण १० मिनेटको लागि स्थगित गरिएको थियो । पछि बैठक पुन: बस्न सकेको थिएन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता
सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा
हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज
नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
एकतर्फी खुल्यो बीपी राजमार्ग
एकतर्फी खुल्यो बीपी राजमार्ग
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल