सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १२, २०८३
|
|
२८० पटक हेरिएको
Shares
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

सारांश

  • विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन्।
  •  विभिन्न नदी किनारका सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई सरकारले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।
  •  अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वैशाख १२, १३, १८, १९ र २० गते जोखिमयुक्त नदी किनारका बस्ती हटाउने क्रममा दशरथ रङ्गशालामा प्रारम्भिक दर्ता गराई हाल विभिन्न स्थानमा बसोबास गरिरहेका परिवारलाई ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी लगत प्रणाली’मा डिजिटल लगत सङ्कलनका लागि उपस्थित हुन आग्रह गरेको छ।

१२ असार, काठमाडौं ।

विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन्। विभिन्न नदी किनारका सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई सरकारले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको हो। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वैशाख १२, १३, १८, १९ र २० गते जोखिमयुक्त नदी किनारका बस्ती हटाउने क्रममा दशरथ रङ्गशालामा प्रारम्भिक दर्ता गराई हाल विभिन्न स्थानमा बसोबास गरिरहेका परिवारलाई ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी लगत प्रणाली’मा डिजिटल लगत सङ्कलनका लागि उपस्थित हुन आग्रह गरेको छ। समितिले सम्बन्धित परिवारले मोबाइलमा प्राप्त हुने एसएमएसका आधारमा आवश्यक पारिवारिक विवरण र कागजातसहित असार १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई डिजिटल दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ।

यस्तै, होल्डिङ सेन्टर बाहिर स्वव्यवस्थापन गरी बसोबास गरिरहेका परिवारलाई नेपाल सरकारको निर्णयअनुसार पुनःव्यवस्थापन खर्चबापतको घरभाडा रकम वितरण गरिने समितिले जनाएको छ। उक्त रकम प्राप्त गर्न सम्बन्धित परिवारले आफ्नो नाममा रहेको बैंक खाताको विवरणसहित तोकिएको ढाँचाको निवेदन भरेर असार १५ गतेभित्र दशरथ रङ्गशालामा पेस गर्नुपर्नेछ। समितिले यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न दिएको समयसीमा घरभाडा रकम प्राप्त गर्ने अवधि छोटो भएको गुनासोलाई ध्यानमा राख्दै असार १९ गतेसम्म थप गरेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ
९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता
सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या
सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको भेटवार्ता
प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको भेटवार्ता
चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान
चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान