बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
१२१ पटक हेरिएको
Shares
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास

सारांश

  • सर्लाही र रौतहट जिल्लाको सिमानामा पर्ने बागमती नदीमा बाढी तथा डुबानजन्य विपद्का घटनामा उद्धार कार्यलाई प्रभावकारी बनाउन कृत्रिम घटना (सिमुलेसन) अभ्यास सम्पन्न भएको छ।
  • शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका–१ र सर्लाहीको बागमती नगरपालिका–११ नुनथरस्थित बागमती नदीमा उक्त अभ्यास गरिएको हो।
  • मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, सञ्चारकर्मीको सहभागिता रहेको थियो।

५ असार, सर्लाही।

सर्लाही र रौतहट जिल्लाको सिमानामा पर्ने बागमती नदीमा बाढी तथा डुबानजन्य विपद्का घटनामा उद्धार कार्यलाई प्रभावकारी बनाउन कृत्रिम घटना (सिमुलेसन) अभ्यास सम्पन्न भएको छ। शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका–१ र सर्लाहीको बागमती नगरपालिका–११ नुनथरस्थित बागमती नदीमा उक्त अभ्यास गरिएको हो। मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, सञ्चारकर्मीको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले विपद् व्यवस्थापनलाई परम्परागत सोचभन्दा माथि उठेर वैज्ञानिक, प्रविधिमैत्री र दीर्घकालीन योजनासहित अघि बढाउन आवश्यक रहेको उल्लेख गरे। साथै सुरक्षा निकायसँगको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टले विपद्का बेला प्रभावकारी उद्धार तथा राहत कार्यका लागि यस्ता अभ्यास महत्वपूर्ण हुने बताए। उनले सशस्त्र प्रहरी बल राष्ट्र, नागरिक र मानवीय सेवामा सदैव समर्पित रहने पनि उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी नदीमा बाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह
यी नदीमा बाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
एसिया कपका लागि नेपाली यू–१९ टोली घोषणा
एसिया कपका लागि नेपाली यू–१९ टोली घोषणा
बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना
बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल
नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाले सम्हाले जिम्मेवारी
नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाले सम्हाले जिम्मेवारी