नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
२१४ पटक हेरिएको
Shares
नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

सारांश

  • एशियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।
  • एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।
  • परियोजनाले शहरी क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापन प्रणालीलाई समेत सुदृढ बनाउने लक्ष्य राखेको छ ।

काठमाडौं ।

एशियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

परियोजनाले शहरी क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापन प्रणालीलाई समेत सुदृढ बनाउने लक्ष्य राखेको छ । परियोजनाअन्तर्गत नगरपालिकाहरूमा खानेपानी वितरण प्रणाली विस्तार, ढल व्यवस्थापन पूर्वाधार निर्माण तथा सरसफाइ सेवाको सुधारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यसले बढ्दो शहरी जनसंख्याका कारण सिर्जित खानेपानी र सरसफाइसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । एडीबीका नेपालस्थित कन्ट्री डाइरेक्टर आर्नो कोश्वाले नेपालमा तीव्र शहरीकरणका कारण शहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गएको र धेरै समुदाय अझै सुरक्षित खानेपानी तथा आधारभूत सरसफाइ सेवाबाट वञ्चित रहेको बताए । उनले परियोजना कार्यान्वयनपछि नगरपालिकाका बासिन्दाको खानेपानी तथा सरसफाइ सेवामा पहुँच उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरे । परियोजनालेसार्वजनिक स्वास्थ्य सुधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा दिगो शहरी विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा
समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति पक्राउ
समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति पक्राउ
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु :
गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु :
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत