कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
१४९ पटक हेरिएको
Shares
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

सारांश

  • कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कर्णाली ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ ।
  •  कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा ७.
  • २८ प्रतिशतले बढी हो ।

 

२ असार, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कर्णाली ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको थियो । कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आगामी वर्षका लागि चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार (२४.३१ प्रतिशत), पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ हजार १२ हजार (५८.३१ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार (१५.६७ प्रतिशत) रुपैयाँसहितको बजेट पेस गरेका हुन् ।

कर्णाली सरकारले आगामी वर्षका लागि आन्तरिक आयतर्फ ८५ करोड ५ लाख ९० हजार र चालु आर्थिक वर्षमा खर्च नभई बचत हुने अनुमानित रकम ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार रुपैयाँ बजेट परिचालन गर्नेछ ।  संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ १० अर्ब ६६ करोड ८५ लाख ४९ हजार, वित्तीय समानीकरणतर्फ १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट ५अर्ब ६७ करोड २५ लाख रुपैयाँ अनुदान कर्णाली सरकारलाई प्राप्त भएको मन्त्री शाहले बताए । आगामी वर्ष समपूरक अनुदान ६६ करोड ७८ लाख र विशेष अनुदान ४८ करोड ५६ लाख रुपैयाँ स्रोत परिचालन गरिने जनाइएको छ ।  मुलुक संघीयतामा गए पछिको पहिलो वर्ष आर्थिक वर्ष २०७४/०७५ मा जम्मा १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको कर्णाली सरकारले हरेक वर्ष बजेटको आकार बढाउँदै गए पछि खर्च क्षमता भने बढाउन सकेको छैन ।

आर्थिक वर्ष ०७५/०७६ मा कर्णालीले २८ अर्ब २८ करोड २८ लाखको बजेट ल्याएको कर्णाली सरकारको आर्थिक वर्ष ०७६÷०७७ मा आकार बढेर ३४ अर्ब ३५ करोड ३७ लाख ७२ हजार पु¥यायो । आर्थिक वर्ष ०७७÷०७८ मा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याएको कर्णाली सरकारले आर्थिक वर्ष ०७८/०७९ मा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट ल्याएको थियो । आर्थिक वर्ष ०७९/०८० मा अघिल्लो आर्थिक वर्षको भन्दा घटाएर ३२ अर्ब ६१ करोड ६१ लाख ३६ हजारको बजेट बनाएको प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ मा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट ल्याएको थियो । आर्थिक वर्ष ०८१/०८२ मा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको सरकारले चालु आर्थिक वर्ष ०८२/०८३ मा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि तुलनामा ७.२८ प्रतिशतले बजेट बढाएर ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
एनपीएल अक्सन- १५ लाखमा सुदूरपश्चिम रोयल्स पुगे आरिफ शेख
एनपीएल अक्सन- १५ लाखमा सुदूरपश्चिम रोयल्स पुगे आरिफ शेख
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ