सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
७८ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८३/८४ का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ ।
  •   आज अपराह्न ४ बजे आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेस गर्ने कार्यपालिका रहेको प्रदेश सभा सदस्यले जनाएको छ ।
  •   यस पटक सरकारले हाल सम्मकै सबै भन्दा ठुलो बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ ।

 

१ असार, धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८३/८४ का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ ।  आज अपराह्न ४ बजे आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेस गर्ने कार्यपालिका रहेको प्रदेश सभा सदस्यले जनाएको छ ।  यस पटक सरकारले हाल सम्मकै सबै भन्दा ठुलो बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ । आकार वृद्धि गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा हुने बचतलाई मुख्य आधार बनाएको आर्थिक मामिला मन्त्रालयका एक अधिकृतले बताए ।

चालु आर्थिक वर्षको बजेटबाट कम्तीमा ८ अर्ब बचत हुने अनुमान रहेको प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप बहादुर सुनारले बताए । बजेटको आकार वृद्धिको अन्य आधारमा आन्तरिक राजश्वमा चालु आर्थिक वर्षभन्दा वृद्धि हुने बजेट निर्माणको तयारीमा रहेका अधिकारीहरूको भनाइ छ । वन स्रोतको कच्चा पदार्थ, गिट्टी बालुबाट पनि राजश्वलगायत थप हुने आकलन गरिएको छ ।  चालु आर्थिक वर्षमा सरकारले आन्तरिक राजश्वको कूल अंक एक अर्ब ६५ करोड हुने अनुमान गरेको थियो ।

आर्थिक मामिला सरकारले यस पटक सांसदहरूलाई बेग्लै बजेट दिन सरकारले उनीहरूबाट बजेट आयोजना संकलन गरिसकेको छ । सरकारले सांसदहरूका लागि बजेट बढाएर कूल ३ अर्ब २९ करोड बजेट भागबण्डा यसअघि नै गरिसकेको छ । मुख्यमन्त्री कार्यालयले सांसदहरूबाट बजेट अंक र आयोजनाको सूची संकलन गरिसकेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बजेटमा २५ लाखभन्दा कम बजेटका आयोजना नराख्ने घोषणा गरे ।  मुख्यमन्त्री शाहको नेतृत्वमा यो तेश्रो बजेट आउने छ । एउटा बजेट भने पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको नेतृत्वमा प्रस्तुत भएको थियो । तर सो बजे प्रदेश सभाबाट पारित हुन सकेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
काग खोलामा बाँध निर्माण गरिँदै
काग खोलामा बाँध निर्माण गरिँदै
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
बन्द सात सरकारी उद्योगमध्ये पाँचको डीडीए तयार
बन्द सात सरकारी उद्योगमध्ये पाँचको डीडीए तयार