योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
१५० पटक हेरिएको
Shares
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने

सारांश

  • सरकारले आज जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्‌मा प्रस्तुत गर्दै छ।
  • अपराह्न ४ बजे बस्ने दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नेछन्।
  •   त्यसअघि आजै योजना आयोगको बैठक बसेर वार्षिक विकास कार्यक्रम र मध्यकालीन खर्च संरचना पास गर्ने तयारी छ।

१५ जेठ, काठमाडौं ।

सरकारले आज जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्‌मा प्रस्तुत गर्दै छ। अपराह्न ४ बजे बस्ने दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नेछन्।  त्यसअघि आजै योजना आयोगको बैठक बसेर वार्षिक विकास कार्यक्रम र मध्यकालीन खर्च संरचना पास गर्ने तयारी छ। त्यसलगत्तै मन्त्रिपरिषद्‌ बैठक बसेर बजेट संसद्‍मा प्रस्तुत गर्ने निर्णय गरिनेछ। संसद्‌मा दुईतिहाइ नजिक बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो सरकार भएकाले यसपटक आउने बजेट हेर्न सबै उत्सुक छन्।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटले अहिलेसम्मकै ठूलो संरचनात्मक परिवर्तनका कार्यक्रम बजेटमा आउने दाबी गरिरहेका छन्। त्यसकारण पनि बजेटमा सबैको ध्यान केन्द्रित भएको छ। अर्थ मन्त्रालयले २२ खर्ब हाराहारीको बजेट तयारी गरेको छ। यसपटक बजेटलाई ठुला र प्रतिफल दिने आयोजनामा मात्रै केन्द्रित गरिएको स्रोतले नेपालखबरलाई बताएको छ।  बजेटबाट सरकारले कर प्रणालीमा आमुल परिवर्तन गर्न खोजेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। रास्वपाको घोषणापत्रमा पनि कर प्रणाली सुधार गर्ने र  डिजिटल प्रशासनको अभ्यासमा जाने उल्लेख छ।  यसपटक सरकारले मूल्यअभिवृद्धी करको दर घटाउने भएको छ। उद्योगी व्यवसायीहरूको मूल्यअभिवृद्धी करको दर घटाउनुपर्ने र बहुदर लगाउनुपर्ने माग गर्दै आएका छन्। तर, स्वर्णिम वाग्लेले यसै वर्षबाट बहुदरमा जाने आँट गरेका छैनन्। बरु बजेटमा बहुदरको विषयमा अध्ययन गर्ने समिति बनाउने विषय उल्लेख भएको छ।

सरकारले बजेटबाट आयकरको तल्लो सीमा बढाउने, माथिल्लो सीमा घटाउने र आयकरका दरमा समेत हेरफेर गर्ने गरी बजेट तयार गरेको स्रोतले बतायो।

सरकारले करको दर घटाउने र दायरा बढाउने नीति लिएको स्रोतले जानकारी दिएको छ।

‘अर्थमन्त्रीले सार्वजनिक रूपमै करका दर घटाउने भन्दै आउनुभएको थियो। त्यो विषय बजेटमा समेटिएको छ,’ स्रोतले भन्यो।

यस वर्षको बजेटबाट कर्मचारीको तलब पनि बढ्ने भएको छ। कर्मचारीको तलब बढ्दा ५० अर्ब बराबरको थप दायित्व सिर्जना हुने अवस्था आएको स्रोतले बताएको छ।

‘कर्मचारीको तलब १५–१८ प्रतिशत बढ्ने भएको छ। यससँगै कर्मचारीको संख्या पनि कटौती गर्ने कार्यक्रम पनि बजेटमा आउँदै छ,’ स्रोतले थप्यो।

सरकारले निजामती कर्मचारी प्रशासनमा व्यापक हेरफेरको कार्यक्रम ल्याउन लागेको छ। बजेटमार्फत अवकाशको नजिक रहेका कर्मचारीलाई बिदा गर्ने कार्यक्रम ल्याउन लागेको हो।

बजेटमा ल्याइएको कार्यक्रमलाई सरकारले संशोधन अघि बढाएको निजामति विधेयकमा समेटर लैजाने तयारी रहेको बुझिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौं : खड्का
निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौं : खड्का
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी , प्रकाशमान सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी , प्रकाशमान सिंहलाई
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो
बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो
खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा
खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ