लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२३० पटक हेरिएको
Shares
लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री बालेन शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थितरता कायम र नीतिगत स्थिरता दिन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
  • उनले नेपाल भ्रमणका रहेका युरोपेली मुलुकको उच्चस्थतरीय प्रतिनिधिमण्डलसँग मंगलबार भेट गर्दै नयाँ भए पनि विगतका कुराहरूबाट पूर्ण अलग नहुने बताए ।
  • ‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन।

 

१२ जेठ, काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थितरता कायम र नीतिगत स्थिरता दिन आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपाल भ्रमणका रहेका युरोपेली मुलुकको उच्चस्थतरीय प्रतिनिधिमण्डलसँग मंगलबार भेट गर्दै नयाँ भए पनि विगतका कुराहरूबाट पूर्ण अलग नहुने बताए । ‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,’ प्रधानमन्त्री शाहले भने ।

प्रधानमन्त्री शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको धारणा पनि राखे । वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको धारणा राखेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जनाएकी छन् । प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारे । उनले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताए । जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको पनि उनले बताएको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारे । ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता, र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,’ उनल भने ।

नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्‍याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गरे ।

व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको पनि बताएका थिए ।

प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।

भेटमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए ।

उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुगेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए ।

आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको पनि उनीहरूले उल्लेख गरेका थिए ।55

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता
रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
धनुषामा दुर्घटना न्युनिकरणका लागि विशेष अभियान सुरु
शपथपछि आन्दोलनका घाइते भेट्न कुलमान अस्पतालमा
शपथपछि आन्दोलनका घाइते भेट्न कुलमान अस्पतालमा
गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण
गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण
नागरिक एपमार्फत राहदानी आवेदन दिन मिल्ने सुविधा ल्याउँदै सरकार
नागरिक एपमार्फत राहदानी आवेदन दिन मिल्ने सुविधा ल्याउँदै सरकार
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य