सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२६५ पटक हेरिएको
Shares
सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सारांश

  • सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् ।
  • प्रहरीका अनुसार सोमबार बिहान बरहथवा नगरपालिका–१२ लौकट टोल क्षेत्रमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो ।

१२ जेठ, सर्लाही ।

सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् । प्रहरीका अनुसार सोमबार बिहान बरहथवा नगरपालिका–१२ लौकट टोल क्षेत्रमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो ।

खोजतलासका क्रममा तिन चार जनाको समूहले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ । सो क्रममा बुद्धिमानलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ भने अन्य व्यक्तिहरू भने फरार भएका छन् । पक्राउ परेका घलानमाथि तत्काल खानतलासी गर्दा उनको साथबाट भरुवा बन्दुक एक थान, बन्दुकमा प्रयोग हुने फलामको रड एक थान, प्लास्टिकको डब्बासहित ३५ ग्राम कालो धुलो पदार्थ, स्टिलको डब्बासहित १४० ग्राम कालो धुलो पदार्थ, साइकलमा प्रयोग हुने फलामका बल ८० थान तथा फलामको रडका टुक्रा पाँच थान बरामद गरिएको छ । बरामद सामग्री स्थानीय व्यक्तिको रोहवरमा मुचुल्का गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका घलानमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ
हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
सहसचिवपछि नायब सुब्बामा पदपूर्तिको व्यवस्था उल्टियो
सहसचिवपछि नायब सुब्बामा पदपूर्तिको व्यवस्था उल्टियो
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने
संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृ*त्यु
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृ*त्यु
मकवानपुरमा ग्यास बुलेट दुर्घटना
मकवानपुरमा ग्यास बुलेट दुर्घटना
अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच छलफल जारी
अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच छलफल जारी