प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२१४ पटक हेरिएको
Shares
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  • प्रतिनिधि सभा बैठक बस्दै छ ।
  • बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
  • आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची रहेको छ ।

१२ जेठ, काठमाडौं ।

प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा गृह मन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमल ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूचि छ । यस्तै, बैठकमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा
राप्रपा युवा संगठन अधिवेशनमा धवल पक्षले गरे विजयको घोषणा
गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ
गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा
भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा
ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा
काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना