भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
१०६ पटक हेरिएको
Shares
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन

सारांश

  • रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
  • भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
  • भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न उनीहरुले माग गरेका छन् ।

 

११ जेठ, काठमाडौं ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न उनीहरुले माग गरेका छन् । साथै उनीहरुले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकाहरुको फाइल पुन: रोजगारदातासम्म पठाउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सबै कुरामा फिट भएर पनि कोरिया नलैजाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नतिजा दे भन्दै श्रममन्त्री विरुद्ध  नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?