सर्लाहीमा प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
५११ पटक हेरिएको
Shares
सर्लाहीमा प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर

सारांश

  • सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
  • नेपाल प्रहरीका कर्मचारीलाई लक्षित गरी आयोजित शिविरमा थाइराइड तथा सुगर रोगको परीक्षण गरिएको हो।
  • नेपाल प्रहरी का अनुसार तिरुपति बालाजी अस्पताल प्रा.

११ जेठ, सर्लाही ।

सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाल प्रहरीका कर्मचारीलाई लक्षित गरी आयोजित शिविरमा थाइराइड तथा सुगर रोगको परीक्षण गरिएको हो। नेपाल प्रहरी का अनुसार तिरुपति बालाजी अस्पताल प्रा.लि., मलंगवाको आयोजनामा सञ्चालन गरिएको शिविरमा सय भन्दा बढीको नमुना संकलन गरिएको थियो। शिविरमा T3, T4, TSH तथा सुगर परीक्षणका लागि आवश्यक स्याम्पल संकलन गरिएको अस्पतालले जनाएको छ।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो। कार्यक्रम प्रहरी साझेदारी अवधारणाअनुसार सञ्चालन गरिएको आयोजकले जनाएको छ। शिविरबारे जानकारी दिँदै JCI मलंगवा का उपाध्यक्ष सुभाष गुप्ता ले स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए। उनका अनुसार शिविरमा प्रहरी कर्मचारीका साथै सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको समन्वय JCI मलंगवाले गरेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
छिन्चु–जाजरकोट सडक अवरुद्ध
छिन्चु–जाजरकोट सडक अवरुद्ध
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
गौशालामा एकैपटक ठोक्किए आठवटा सवारी
गौशालामा एकैपटक ठोक्किए आठवटा सवारी
पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
पक्राउ पुर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार
पक्राउ पुर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार
आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो
आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो