४० दिनमा विपदका घटनामा ७० जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १०, २०८३
|
|
५६ पटक हेरिएको
Shares
४० दिनमा विपदका घटनामा ७० जनाको मृ*त्यु

सारांश

  • नेपालमा वि.
  • सं.
  • २०८३ वैशाखयता विपद्मा परेर ७० जनाले ज्यान गुमाएका छन्।

१० जेठ, पोखरा ।

नेपालमा वि.सं. २०८३ वैशाखयता विपद्मा परेर ७० जनाले ज्यान गुमाएका छन्।  यस अवधिमा भएका १ हजार ३४२ विपद्जन्य घटनामा ७० जनाले ज्यान गुमाएका र ३३३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। पछिल्लो ४० दिनमा भएका विपदजन्य घटनामा सबैभन्दा बढी लेक लागेर १६ जनाले ज्यान गुमाएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन्। यसैगरी, हुरीबाट नौ, जनावरको आक्रमणबाट आठ, सर्पदंशबाट पाँच, पहिरोबाट दुई, डुङ्गा पल्टिएर दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर एक÷एक जनाको मृत्यु भएको छ। ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ।  विपद्जन्य घटना सङ्ख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन्। यसैगरी, हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा परेरका तीन जनाको मृत्यु भएको छ। ३२ वटा घटनामा १३ जना घाइते भएका र १७ लाखभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ। देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला कतै बाढी पहिरो र कतै तातो हावाको लहर जारी छ। शनिबार पनि नेपालका विभिन्न जिल्लामा बाढी आउँदा धेरै क्षेत्र प्रभावित भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा
एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)
मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले बरहथवामा ट्राफ़िक डे संचालन 
सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले बरहथवामा ट्राफ़िक डे संचालन 
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन