कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १०, २०८३
|
|
३६ पटक हेरिएको
Shares
कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल

सारांश

  • सभामुख डोल प्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता, व्यवहारिकता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
  • पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले देशको भूगोल, नागरिकको चेतना स्तर र व्यवहारिक आवश्यकताअनुसार कानुन निर्माण हुनुपर्नेमा जोड दिए ।
  • कानुन निर्माण प्रक्रियामा प्रयोगकर्ता वर्गसँग पर्याप्त छलफल नहुने प्रवृत्तिप्रति प्रश्न उठाउँदै उनले ‘कानुन प्रयोग गर्ने नागरिकलाई नै कस्तो कानुन बन्दै छ भन्ने जानकारी नहुने अवस्था रहेको’ बताए ।

काठमाडौं ।

सभामुख डोल प्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता, व्यवहारिकता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक रहेको बताएका छन् । पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले देशको भूगोल, नागरिकको चेतना स्तर र व्यवहारिक आवश्यकताअनुसार कानुन निर्माण हुनुपर्नेमा जोड दिए । कानुन निर्माण प्रक्रियामा प्रयोगकर्ता वर्गसँग पर्याप्त छलफल नहुने प्रवृत्तिप्रति प्रश्न उठाउँदै उनले ‘कानुन प्रयोग गर्ने नागरिकलाई नै कस्तो कानुन बन्दै छ भन्ने जानकारी नहुने अवस्था रहेको’ बताए ।

उनले व्यवहारिकताविहीन कानुनले नागरिकलाई जबरजस्ती पालना गर्न बाध्य बनाउने उल्लेख गर्दै सवारी चालक अनुमति पत्र, शिक्षा र विवाहसम्बन्धी कानुनी व्यवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गरे । दुईपांग्रे सवारीलाई असुरक्षित भन्दै कानुन निर्माण गर्ने तर नागरिकको आर्थिक अवस्थालाई बेवास्ता गर्ने प्रवृत्ति गलत भएको उनको भनाई थियो । सभामुख अर्यालले ‘ड्राइभिङ लाइसेन्स लिएर परिवार पाल्छु भन्ने नागरिकलाई पनि अनावश्यक जटिलतामा पार्ने कानुन बन्नु चिन्ताको विषय भएको’ टिप्पणी गरे । कानुन निर्माणअघि समाजको वास्तविक अवस्था, नागरिकको आवश्यकता र कार्यान्वयन क्षमतामाथि गम्भीर अध्ययन हुनुपर्नेमा उनले जोड दिए । उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबिच ‘स्पिरिट र स्पिड’ मिल्न नसकेसम्म नागरिकले अपेक्षित सेवा र सुशासन नपाउने बताए । सभामुख अर्यालले कानुन निर्माणमा नियत सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै नियत स्पष्ट भए स्रोत, साधन र नीति निर्माण स्वतः प्रभावकारी बन्ने धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सुचारु
तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सुचारु
डिजल र मट्टीतेलको मूल्य बढ्यो, कति पुग्यो ?
डिजल र मट्टीतेलको मूल्य बढ्यो, कति पुग्यो ?
नवनियुक्त मन्त्रीहरूको शपथ समय सर्‍यो
नवनियुक्त मन्त्रीहरूको शपथ समय सर्‍यो
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध