बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन् : सांसद अन्सारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ९, २०८३
|
|
४६८ पटक हेरिएको
Shares
बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन् : सांसद अन्सारी

सारांश

  •   प्रतिनिधिसभा सदस्य तथा रास्वापाका नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा सामान्य विवाद मात्र भएको तर ‘लखेटिएको’ भन्ने कुरा झुठो भएको बताएका छन् ।
  • नेपाल न्यूज बैंकलाई प्रतिक्रिया दिंदै अन्सारीले हिडिरहेको दृश्यलाई लखेटिएको भनेर केही मिडियाले अतिरञ्जित गरेको बताए ।
  • ‘केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला अधिवेशनमा सुझाव संकलनका लागि आएका थियौं ।

९ जेठ, बारा । 

प्रतिनिधिसभा सदस्य तथा रास्वापाका नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा सामान्य विवाद मात्र भएको तर ‘लखेटिएको’ भन्ने कुरा झुठो भएको बताएका छन् । नेपाल न्यूज बैंकलाई प्रतिक्रिया दिंदै अन्सारीले हिडिरहेको दृश्यलाई लखेटिएको भनेर केही मिडियाले अतिरञ्जित गरेको बताए । ‘केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला अधिवेशनमा सुझाव संकलनका लागि आएका थियौं ।

कारवाहीमा परेका केही नेताहरुले सामान्य विवाद झिकेका हुन् । अहिले सबै समाधान भइसक्यो । नियोजित रुपमा केही पार्टी निकटका मिडियाहरुले घट्नालाई अतिरञ्जित गर्न खोजे । हिडिरहेको दृश्यलाई कैद गरेर लखेटिएको भनेर मिडियाबाजी मात्र भएको हो,’ उनले भने,‘सबै विवाद समाधान भइसक्यो र कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको छ ।’ खासगरी पार्टीबाट निष्कासित व्यक्तिहरूले होहल्ला गर्न खोजेको उनको भनाइ थियो । कार्यक्रममा सहभागी हुन काठमाडौंबाट पुगेका अतिथिलाई प्रहरीले नजिककै कोठमा बस्न भनेर लगेको दृश्य लखेटिएको नभएको उनले बताए । जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले विवाद झिकेका थिए । पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।
तर शनिबारको कार्यक्रममा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि कार्यकर्ताहरुले आक्रोश पोखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
साँझ ६ बज मन्त्रिपरिषद्को बैठक बस्दै
साँझ ६ बज मन्त्रिपरिषद्को बैठक बस्दै
पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता
पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
बारा प्रधानाध्यापक हत्याकाण्ड: ५ आरोपी सार्वजनिक
बारा प्रधानाध्यापक हत्याकाण्ड: ५ आरोपी सार्वजनिक
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो