विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ८, २०८३
|
|
३०१ पटक हेरिएको
Shares
विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

सारांश

  • आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
  • घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ ।

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ । अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदैछ । अमेरिका भने उक्त हारको बदला लिने योजनामा छ ।

समान २७ खेल खेले पनि अंक तालिकामा नेपाल पाँचौँ स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २७ खेलमा १९ जितसहित ३८ अंक जोडेको छ । नेपालले भने १० खेल जित्दा १५ खेलमा हार बेहोरेर २२ अंकसहित पाँचौँ स्थान ओगटेको छ । विश्वकप छनोटको सम्भावना कायम राख्न तथा एकदिवसीय मान्यता जोगाउन नेपालमाथि अब बाँकी सबै खेल जित्नुपर्ने दबाब रहेको छ । अमेरिका भने शीर्ष स्थान कायम राख्दै उपाधि उचाल्ने लक्ष्यमा छ । यसअघि कीर्तिपुरमै भएको भेटमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको थियो । उक्त खेलमा नेपालको प्रदर्शन प्रभावशाली रहेको थियो । घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले हालसम्म चारमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा स्कटल्यान्डसँग दुई रनले पराजित भएको नेपालले दोस्रो भेटमा भने स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप
मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ
तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ
प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची
प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो
प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो
बसुन्धरामा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृ*त्यु
बसुन्धरामा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृ*त्यु
सुनको मूल्य तोलाको २ लाख नजिक, आज एकैदिन ६ हजार ९ सयले बढ्यो
सुनको मूल्य तोलाको २ लाख नजिक, आज एकैदिन ६ हजार ९ सयले बढ्यो
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस