विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ८, २०८३
|
|
३३३ पटक हेरिएको
Shares
विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

सारांश

  • आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
  • घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ ।

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ । अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदैछ । अमेरिका भने उक्त हारको बदला लिने योजनामा छ ।

समान २७ खेल खेले पनि अंक तालिकामा नेपाल पाँचौँ स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २७ खेलमा १९ जितसहित ३८ अंक जोडेको छ । नेपालले भने १० खेल जित्दा १५ खेलमा हार बेहोरेर २२ अंकसहित पाँचौँ स्थान ओगटेको छ । विश्वकप छनोटको सम्भावना कायम राख्न तथा एकदिवसीय मान्यता जोगाउन नेपालमाथि अब बाँकी सबै खेल जित्नुपर्ने दबाब रहेको छ । अमेरिका भने शीर्ष स्थान कायम राख्दै उपाधि उचाल्ने लक्ष्यमा छ । यसअघि कीर्तिपुरमै भएको भेटमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको थियो । उक्त खेलमा नेपालको प्रदर्शन प्रभावशाली रहेको थियो । घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले हालसम्म चारमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा स्कटल्यान्डसँग दुई रनले पराजित भएको नेपालले दोस्रो भेटमा भने स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीभन्दा झुट बोल्ने मान्छे नेपालमा कोही छैन : ज्ञानेन्द्र शाही
केपी ओलीभन्दा झुट बोल्ने मान्छे नेपालमा कोही छैन : ज्ञानेन्द्र शाही
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द
प्रधानमन्त्री ओली र देउवाबीच एक घण्टा छलफल : के भयो कुराकानी ?
प्रधानमन्त्री ओली र देउवाबीच एक घण्टा छलफल : के भयो कुराकानी ?
सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय
सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय
बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन
बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध
सर्लाही प्रहरीद्वारा एकै दिनमा ४० बिघा गाँजा फडानी
सर्लाही प्रहरीद्वारा एकै दिनमा ४० बिघा गाँजा फडानी
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...