डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
१५७ पटक हेरिएको
Shares
डलर बलियो हुँदा रेमिट्यान्समा रेकर्ड, चैतमै भित्रियो २ खर्ब ९ अर्ब

सारांश

  • चालु आर्थिक वर्ष चैत महिनामा हालसम्मकै धेरै २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
  • नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह बढेको हो ।
  • केन्द्रीय बैंकका अनुसार एक अमेरिकी डलर बराबर १ सय ५२ रुपैयाँ पुगेको छ ।

२८ वैशाख, काठमाडौं ।

चालु आर्थिक वर्ष चैत महिनामा हालसम्मकै धेरै २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह बढेको हो । केन्द्रीय बैंकका अनुसार एक अमेरिकी डलर बराबर १ सय ५२ रुपैयाँ पुगेको छ । पछिल्लो महिना रुपैयाँ हालसम्मकै कमजोर भएको अवस्था हो । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भएपछि रेमिट्यान्समा सुधार आएको हो ।

नेपाली रुपैयाँ कमजोर र बलियो हुने भारुका आधारमा हो । भारुसँगको स्थिर विनिमयदरले डलरको तुलनामा भारुको अवस्था अनुसार रुपैयाँ घटबढ हुन्छ । चालु आव असोजमा २ खर्ब १ अर्ब रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । गत आव सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । चैत २०८२ मा रेमिट्यान्स आप्रवाह २ खर्ब ९ अर्ब ७५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड थियो । चालु आव चैतसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ ।

गत आव सोही अवधिमा यस्तो आप्रवाह ७.५ प्रतिशत बढेको थियो । चालु आव चैतसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड थियो । चालु आव चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ९४ हजार १ सय ८६ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २ सय ५९ छ । गत आव सोही अवधिको तुलनामा यस्तो संख्या क्रमश: ३ लाख ५८ हजार २ सय २२ र २ लाख ४९ हजार ६ सय ५२ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
आजको सम्भावित बाढी: काठमाडौँसहित यी ४१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
आजको सम्भावित बाढी: काठमाडौँसहित यी ४१ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
दैनिक मजदुरी गर्ने विपन्न परिवारलाई पत्रकार आदित्यको राहत
दैनिक मजदुरी गर्ने विपन्न परिवारलाई पत्रकार आदित्यको राहत
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल
चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु