सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २३, २०८३
|
|
१५५ पटक हेरिएको
Shares
सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

सारांश

  •              सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् ।
  • जिल्ला अदालत सर्लाहीले बम्जनलाई सफाइ दिएको हो ।
  • गत ८ वैशाखमा सर्लाही जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनलाई सफाइ दिएको हो ।

२३ वैशाख, सर्लाही ।            

सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीले बम्जनलाई सफाइ दिएको हो । गत ८ वैशाखमा सर्लाही जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनलाई सफाइ दिएको हो ।

बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ ठूलो मात्रामा रकम बरामद भएको थियो । त्यसपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो । यसका साथै बम्जनमाथि बाल यौन दूराचार तथा मान्छे बेपत्ता पारेको कसुरमा पनि मुद्दा चलाइएको थियो । उच्च अदालत जनकपुरले बाल यौन दूराचारको आरोपमा भने बम्जनलाई ६ चैत २०८१ मा सफाइ दिएको थियो । उच्च अदालत जनकपुरले सफाइ दिएको थियो । त्यसपछि उनी कारागारबाट छुटेका थिए ।

यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए । सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि बेपत्ता पारेको आरोप बम्जनमाथि छ । तर उक्त मुद्दा भने अदालतमा दर्ता भइसकेको छैन । अदालतमा मुद्दा हुँदा पनि बम्जन लामो समयसम्म फरार हुँदै आएका थिए । २४ पुस २०८० मा सीआईबीले बूढानीलकण्ठबाट बम्जनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा
एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित
सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
एक वर्षमा एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण
३ दिनमा ३९ सय बढेको सुनको मूल्यमा आज गिरावट
३ दिनमा ३९ सय बढेको सुनको मूल्यमा आज गिरावट
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै