२६ जेष्ठ २०८२, आईतवार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने

२० चैत, लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट चैत २२ गते विश्वासको मत लिने भएका छन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)का मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री चैत २२ गते दिउँसो ४ बजे विश्वासको मत लिने लोकान्तरलाई जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीवार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैका आधारमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । यता माओवादी, नेकपा (एमाले)सहित दलहरू केन्द्रीय  समीकरणअनुसार माओवादीको नेतृत्वमा  सरकार  गठन गर्ने तयारी गरेका छन् । यता नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरी भने साना दललाई फकाएर भए पनि सत्ता टिकाउने कसरतमा देखिन्छन् । नयाँ समीकरणअनुसार लुम्बिनीको नेतृत्व माओवादीले गर्ने केन्द्रमा मोटामोटी सहमति भएको बताइएको छ ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४÷४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३-३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी र स्वतन्त्रका १-१ जना सांसद छन् । राप्रपाका एकजना सांसद भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका छन् । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment