महालेखा परीक्षकमा तोयम राया सिफारिस
१८ चैत, काठमाडौं । महालेखापरीक्षकमा नेपाल सरकारका सचिव तोयम राया सिफारिस भएका छन्।
संवैधानिक परिषदको बिहान बसेको बैठकले रायाको नाम सिफारिस गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए। हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उनी पूर्वअर्थसचिव पनि हुन्। संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन्।






Post Comment