अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
१७४ पटक हेरिएको
Shares
अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चित अवधिसम्म लम्ब्याएका छन् ।
  • उनको यो निर्णयप्रति इरानको उच्च तहबाट प्रतिक्रिया आउन थालेको छ ।
  • मध्यरात पछिसमेत अधिकारीहरूले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरिरहेका छन् ।

९ वैशाख,काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चित अवधिसम्म लम्ब्याएका छन् । उनको यो निर्णयप्रति इरानको उच्च तहबाट प्रतिक्रिया आउन थालेको छ । मध्यरात पछिसमेत अधिकारीहरूले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरिरहेका छन् ।

इरानी संसदका सदस्य महमूद नबाभियनले सामाजिक सञ्जाल एक्समा लेख्दै अब अमेरिकासँग वार्ता गर्नुको तुक नभएको बताएका छन् । ‘यहाँबाट अमेरिकासँग वार्ता गर्नु पूर्ण रूपमा हानिकारक र तुकहीन हुनेछ’ उनले भनेका छन् । उनी इस्लामाबादमा भएको इरान–अमेरिका वार्ताको पहिलो चरणमा सहभागी प्रतिनिधिमण्डलका सदस्य पनि थिए ।

अर्काेतर्फ, इरानको शीर्ष सैन्य कमाण्ड खातम अल-अन्बिया मुख्यालयका प्रवक्ताले चेतावनी दिँदै कुनै पनि आक्रमण भएमा इरानी सेनाले “पहिले नै तय गरिएका लक्ष्यहरूमा झन् कडा प्रहार गर्ने” बताएका छन् । उक्त चेतावनीले अमेरिका र इजरायल दुबैलाई लक्षित गरेको देखिन्छ । नबावियनको टिप्पणी र सैन्य वक्तव्य दुवैमा युद्धविराम थपिएको विषयमा कुनै उल्लेख गरिएको छैन, यद्यपि ती प्रतिक्रिया ट्रम्पको घोषणापछि इरानी सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका हुन् ।अहिलेसम्म इरानी विदेश मन्त्रालयm वा यसका अधिकारी वा इरानी संसदका सभामुख वा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफलगायत उच्च अधिकारीहरूबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव
उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो
वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो: प्रधानमन्त्री
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो: प्रधानमन्त्री
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
बाढी महाशाखाद्वारा काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
बाढी महाशाखाद्वारा काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत उपस्थित गराइँदै
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत उपस्थित गराइँदै
धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै
धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै