‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२३१ पटक हेरिएको
Shares
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड

सारांश

  • सातामा लगातार दुई दिन बिदाले काठमाडौंको सिभिल अस्पतालमा पनि थेगीनसक्नु भिड भएको छ ।
  • सिभिल अस्पतालमा आज बिहान ओपीडी टिकट लिन गएका बिरामी र तिनका आफन्तहरुको लाइन फनफनी घुमेर क्यान्टिनभन्दा परसम्म पुगेको छ ।
  • लामो समयसम्म लाइनमा बस्दा हैरान भएको उनीहरुले बताएका छन् ।

८ वैशाख, काठमाडौं ।

सातामा लगातार दुई दिन बिदाले काठमाडौंको सिभिल अस्पतालमा पनि थेगीनसक्नु भिड भएको छ । सिभिल अस्पतालमा आज बिहान ओपीडी टिकट लिन गएका बिरामी र तिनका आफन्तहरुको लाइन फनफनी घुमेर क्यान्टिनभन्दा परसम्म पुगेको छ । लामो समयसम्म लाइनमा बस्दा हैरान भएको उनीहरुले बताएका छन् ।

ओपीडी टिकट लिन सिभिल अस्पतालको लाइनमा बसेका एक बिरामीले दुई–तीन दिनदेखि अनलाइन टिकट काट्ने प्रयास गरे पनि सफल नभएको बताए । अस्पतालका एक कर्मचारीले भने एक–दुई दिनमै समस्या समाधान हुने आश्वासन दिए । सिभिल अस्पतालमा अनलाइनबाट टिकट काटे पनि ओपीडी टिकट लिन फेरि लाइन लाग्नुपर्ने बाध्यता रहेको बिरामीहरुको गुनासो छ । अहिले सिभिल अस्पतालको बहिरङ्ग विभागको प्राय सबैजसो ढोका अगाडि बिरामीहरुको भिड भद्रगोल जस्तो देखिएको छ ।

सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय कार्यान्वयन गरेसँगै त्यसको भोलि र पर्सिपल्टसम्म सेवाग्राहीको चाप अत्यधिक हुने गरेको अस्पतालका चिकित्सक तथा कर्मचारीहरु बताउँछन् । भिड व्यवस्थापन हुन नसक्दा स्वास्थ्य उपचार जस्तो अत्यावश्यक सेवा लिन सास्ती खेप्नु परिरहेको छ । सातामा दुई दिन बिदाले बीर लगायतका अन्य सरकारी अस्पतालहरुमा पनि ओपीडीमा थेगिनसक्नु बिरामीको भिडले सेवा झनै भद्रगोल अवस्थामा छ । नयाँ सरकार बनेपछि ‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई सिभिलको लामो लाइनले गिज्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता
कक्षा १२ को परीक्षामा ७३ वर्षीया महिलाको सहभागिता
पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला
पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै