मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
४१५ पटक हेरिएको
Shares
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु

सारांश

  • मकालु-२ को सुकेखोला गएका १२ वर्षीय सुवास राई र ४ वर्षीय आकाश राईको ढुंगाबाट चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
  • प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार ढुंगाबाट चिप्लिएका भाइलाई बचाउन खोज्दा दाजुले समेत ज्यान गएको हो।
  •  आइतबार बेलुकीपख पौडी खेल्न गएका ४ वर्षीय आकाश राई ढुंगाबाट चिप्लिएर खोलामा खसेपछि उनलाई बचाउन दाजु सुवास राई खेलमा हामफालेका थिए।

 

७ वैशाख,खाँदवारी 

सङ्खुवासभाको मकालु गाउँपालिका-२ फेकेदेममा एकै घरका दुईजना बालकको मृत्यु भएको छ। मकालु-२ को सुकेखोला गएका १२ वर्षीय सुवास राई र ४ वर्षीय आकाश राईको ढुंगाबाट चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार ढुंगाबाट चिप्लिएका भाइलाई बचाउन खोज्दा दाजुले समेत ज्यान गएको हो।  आइतबार बेलुकीपख पौडी खेल्न गएका ४ वर्षीय आकाश राई ढुंगाबाट चिप्लिएर खोलामा खसेपछि उनलाई बचाउन दाजु सुवास राई खेलमा हामफालेका थिए।

दाजुभाई करिब १५ मिटर तल खस्दा दुवै जना गम्भीर घाइते भएका थिए। प्रहरी र स्थानीयवासीको सहयोगमा दुवैलाई तत्काल सेदुवास्थित मकालु स्वास्थ्य केन्द्रमा पुऱ्याइ उपचारका लागिएको भएपनि उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि  जिल्ला अस्पताल ल्याइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?