१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
२५० पटक हेरिएको
Shares
१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर

सारांश

  • कैलालीको गौरीफन्टा नाकामा हिजो–आज पहिले जस्तो चहलपहल छैन ।
  • बिहानदेखि साँझसम्म किनमेलका झोलाहरू बोकेर आउजाउ गर्नेहरु भीड घटेको छ ।
  • सीमा पारि भारततर्फको गौरीफन्टा बजार र नेपालतर्फको डोकेबजार दुवैतिर व्यापारको गति सुस्ताएको छ ।

७ वैशाख, धनगढी ।

कैलालीको गौरीफन्टा नाकामा हिजो–आज पहिले जस्तो चहलपहल छैन । बिहानदेखि साँझसम्म किनमेलका झोलाहरू बोकेर आउजाउ गर्नेहरु भीड घटेको छ । सीमा पारि भारततर्फको गौरीफन्टा बजार र नेपालतर्फको डोकेबजार दुवैतिर व्यापारको गति सुस्ताएको छ ।

सरकारले भारतबाट ल्याइने न्यूनतम १०० रुपैयाँ बराबरका सामानमा समेत भन्सार शुल्क अनिवार्य गरेपछि सीमावर्ती जनजीवनमा यसको प्रत्यक्ष असर देखिन थालेको स्थानीय व्यापारीहरु बताउँछन् । साना किनमेलका लागि पारि जाने बानी परेका नेपालीहरू अहिले घटेका छन्, जसका कारण सीमा क्षेत्रको आर्थिक गतिविधि सुस्त भएको छ । डोकेबजारमा खुद्रा पसल चलाउँदै आएका कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का दलबहादुर विकका लागि यो परिवर्तन महसुस गर्ने विषय मात्र होइन, दैनिक आम्दानीसँग जोडिएको यथार्थ हो ।

सरकारको नयाँ प्रावधानपछि सीमा क्षेत्रमा आवागमन पातलो बन्दै गएको र डोकेबजार क्षेत्रमा सानोतिनो व्यापार गर्दै आएका आफूजस्ता व्यापारीको व्यापारमा पनि कमी आएको उनी बताउँछन् । ‘मान्छेहरु समान्य नुन, तेल, सोडा, साबुन लिन मात्रै गौरीफन्टा जान्थे । स्थानीय मान्छेको चहलपहलले हाम्रो पनि सानोतिनो व्यापार हुन्थ्यो,’ विकले भने, ‘सरकारले १०० रुपैयाँको सामानमा पनि कर लाउने भनेपछि किनमेलका लागि पारी जानेहरु घटेका छन् । स्वाभाविक रुपमा यसले हाम्रो व्यापारमा पनि असर देखिएको छ ।

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको तथ्यांकअनुसार १ वैशाखमा गौरीफन्टा नाका भएर २३४ चार पांग्रे सवारीसाधन आवतजावत गरेका थिए । २ वैशाखमा २३२, ३ वैशाखमा १९७ र ४ वैशाखमा २०७ सवारीसाधन मात्र आउजाउ गरेको पाइएको छ । सीमा नाकामा मानिस र सवारीसाधन आवागमन मात्रै नभएर भारतबाट अवैध रुपमा हुने चोरी पैठारी समेत नियन्त्रणमा आएको सशस्त्र प्रहरीले बताउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते
खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो
खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो
वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव
वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव
देउवाले भेटे सुरेश रजकको परिवार
देउवाले भेटे सुरेश रजकको परिवार
राजदेवी नगरपालिकाका ३५० बाढीपीडित परिवारलाई राहत वितरण
राजदेवी नगरपालिकाका ३५० बाढीपीडित परिवारलाई राहत वितरण
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
एन्फाको वार्षिक बजेट डेढ अर्ब
एन्फाको वार्षिक बजेट डेढ अर्ब
एक महिनामै आगलागीबाट एघार जनाको मृ*त्यु, ६७ जना घाइते
एक महिनामै आगलागीबाट एघार जनाको मृ*त्यु, ६७ जना घाइते
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव