सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भारतीय नम्बर प्लेटका सवारीमाथि प्रतिबन्धविरुद्ध सर्लाहीमा सर्वदलीय चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
९८७ पटक हेरिएको
Shares
भारतीय नम्बर प्लेटका सवारीमाथि प्रतिबन्धविरुद्ध सर्लाहीमा सर्वदलीय चेतावनी

सारांश

  • भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा सर्वदलीय दलहरूले कडा विरोध जनाएका छन्।
  • आज जिल्लामा सम्पन्न सर्वदलीय बैठकले नेपाल सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न माग गरेको हो।
  • बैठकले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको बेटी–रोटीको सम्बन्धमा यस निर्णयले प्रतिकूल असर पार्ने निष्कर्ष निकालेको छ।

 

सर्लाही, चैत २९।

भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा सर्वदलीय दलहरूले कडा विरोध जनाएका छन्। आज जिल्लामा सम्पन्न सर्वदलीय बैठकले नेपाल सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न माग गरेको हो। बैठकले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको बेटी–रोटीको सम्बन्धमा यस निर्णयले प्रतिकूल असर पार्ने निष्कर्ष निकालेको छ। सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवन, सामाजिक तथा आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै निर्णय सच्याउनुपर्नेमा जोड दिइएको छ।.

सर्वदलीय प्रेस विज्ञप्तिमा विगतदेखि सर्लाहीका स्थानीयले भारतीय नम्बर प्लेटका सवारी साधन ३० किलोमिटर क्षेत्रभित्र सहज रूपमा आवतजावत गर्दै आएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षाको नाममा नियोजित रूपमा यस्तो सेवा बन्द गर्न खोजेको आरोप लगाइएको छ। साथै, बिना भन्सार सवारी सञ्चालनमा रोक लगाउने मानसिकताप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ। प्रेस विज्ञप्तिमार्फत जिल्ला प्रशासन कार्यालयलाई भारतीय नम्बर प्लेटका सवारी साधनलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न आग्रह गरिएको छ। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दलहरूले दिएका छन्। उक्त विज्ञप्तिमा नेकपा (एमाले) का जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष राम स्वार्थ महतोले हस्ताक्षर गरेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते
सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत
सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु