चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
१४३ पटक हेरिएको
Shares
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु

सारांश

  • गोरखा दरवारदेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ ।
  • शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो ।
  • गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको छ ।

२७ चैत्र, गोरखा ।

गोरखा दरवारदेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो ।

गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको छ । टर्च लाइटको साथमा नेपाली सेनाको प्रथम कम्पनीहरू श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दवाणी र कालिबक्स) को झण्डा हस्तान्तरण गरेर उनीहरूलाई बिदाइ गरिएको रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए । पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतले संयुक्त रुपमा झण्डा र टर्च लाइट हस्तान्तरण गर्दै यात्रामा सहभागीहरुलाई बिदाइ गरेका हुन् । यात्रामा सेनानी रोशन अधिकारीको कमाण्डमा ३५ जनाको टोली सहभागी छन् ।

गोरखाबाट सुरु भएको पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुगेर टुंगिने छ । गोरखाको टोलीले पालुङटारको सतिघाट पुगेर आजै तनहुँलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाउने गणपति रिजालले जानकारी दिए । ‘रुपन्देहीको टोली बैशाख ६ गते जितगढी पुग्छ,’ उनले भने, ‘भोलिपल्टको बिजयी उत्सवमा सहभागी हुन्छ ।’ तत्कालिन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा विजय प्राप्त गरेको दिन (७ वैशाख) लाई विजय उत्सवको रुपमा मनाउँदै आएको उनले बताए । उनका अनुसार कुल २०७ किलोमिटर दुरी टोलीले आठ दिनमा तय गर्ने छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ । पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वमेयर पासमानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
पूर्वमेयर पासमानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा
ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन
वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला
वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन