Press 4K
मंगलबार, ९ भाद्र २०८३

गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
१०० पटक हेरिएको
Shares
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट

सारांश

  • गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीस राजदूत महामहिम डेनिएल मैवलीबीच गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
  • उक्त भेटघाटमा राजदूतले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।
  • भेटघाटको क्रममा महामहिम राजदूतले दुई सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाए ।

२५ चैत,काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीस राजदूत महामहिम डेनिएल मैवलीबीच गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा राजदूतले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । भेटघाटको क्रममा महामहिम राजदूतले दुई सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाए । गृहमन्त्रीले उक्त विषय हाल छलफलमा रहेको बताए ।

साथै नेपाली उच्च पदस्थ व्यक्तिहरुले भष्ट्राचार लगायतका कसूरबाट अवैध रुपमा आर्जन गरेको रकम स्वीस बैङ्कमा जम्मा गरे नगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्रीले राजदूतसमक्ष अनुरोध गरे ।

विपद् व्यवस्थापनको क्षेत्रमा गृहमन्त्रीको एक दशक भन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेको प्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवम् विपद जोखिम न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री र नेपालका लागि स्वीस राजदूतले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर तथा सुदृढ गर्दै परस्पर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की
मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की
मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल
मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...