कारोबारसँगै घट्यो सेयर बजार
सारांश
- मंगलबार सेयर बजार २.
- ६१ अंक घटेको छ ।
- अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो ।
२४ चैत, काठमाडौं ।
मंगलबार सेयर बजार २.६१ अंक घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ । सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११ : ५० बजेपछि केही तल झर्यो । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७९२ अंकसम्म पुगेको थियो । कारोबार रकम घटेको छ ।

अघिल्लो दिन १० अर्ब ९२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७३ करोडको मात्रै भयो । धेरैजसो कम्पनीको मूल्य घटेको छ ।८२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने १२ को स्थिर रह्यो । अधिकांश समूहका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो । त्यस्तै व्यापार सबैभन्दा धेरै १.८८ प्रतिशत घट्यो । हाइड्रोपावर ०.१५, अन्य ०.७१ तथा बैंकिङ ०.०४ प्रतिशत बढे । निर्जीवन बीमा ०.३३, माइक्रोफाइनान्स ०.१९, उत्पादन तथा प्रशोधन ०.०५, जीवन बीमा ०.४५, विकास बैंक ०.६२, फाइनान्स ०.४१ तथा लगानी ०.४६ प्रतिशत घटे । ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।



प्रतिक्रिया