Press 4K
बुधबार, ३१ भाद्र २०८३

निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २२, २०८२
|
|
४५ पटक हेरिएको
Shares
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

सारांश

  • नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट २०८२ चैत १८ गते जारी गरिएको निर्देशनले सञ्चार माध्यमको अस्तित्व नै गम्भीर संकटमा पर्ने भन्दै तत्काल फिर्ता नलिए आन्दोलन गर्ने विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् ।
  • आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले वर्तमान सरकारको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता के हो भन्दै पोजिसन स्पष्ट पार्न माग गरेका छन् ।
  • महासचिव दाहाले सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए आन्दोलनमा जाने बताए ।

 

२२ चैत,काठमाडौं ।

नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट २०८२ चैत १८ गते जारी गरिएको निर्देशनले सञ्चार माध्यमको अस्तित्व नै गम्भीर संकटमा पर्ने भन्दै तत्काल फिर्ता नलिए आन्दोलन गर्ने विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले वर्तमान सरकारको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता के हो भन्दै पोजिसन स्पष्ट पार्न माग गरेका छन् ।

महासचिव दाहाले सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए आन्दोलनमा जाने बताए । उनले भने, ‘सरकारले आफ्नो पोजिसन क्लियर पारेर आओस हामी पनि त्यसको कडा प्रतिवाद गर्न तयार छौं ।’ महासचिव दाहालले प्रधानमन्त्री कार्यालयबाट जारि भएको पत्रको निर्णय प्रक्रिया र वैधानिकतामाथि नेपाल पत्रकार महासंघले प्रश्न उठाउने निर्णय नै गरेको जानकारी दिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले निजी सञ्चार माध्यममा आर्थिक नाकाबन्दी गर्ने निर्णय नेपालको कानुन, संविधान र अन्तराष्ट्रिय कानुन बमोजिम पनि त्रुटिपूर्ण रहेको जिकिर गरे । ‘नागरिक अधिकारको रक्षा पूर्ण प्रेस स्वतन्त्रतामा मात्रै सम्भव छ, सञ्चार माध्यमको आर्थिक स्रोत संकुचित गर्ने कार्यले मिडियाको अस्तित्व नै संकटमा पार्छ” त्रिपाठीले अगाडि भने, ‘जनताले तिरेको कर मन्त्रीको फोटो छापिने सरकारी मिडियामा मात्रै खर्च गर्छु भन्ने निर्णय अधिनायकवाद हो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेसको घाँटी निमोठ्ने कार्य स्वीकार्य नभएको बताए, साथै उनले प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता हनन् हुने गरी कुनै पनि निर्णय नगर्न चेतावनी दिए । सरकारी निर्णयले देशभरका पत्र,पत्रिका, एफएम रेडियो बन्द हुने अवस्थामा पुग्ने भन्दै निर्णय फिर्ता लिन आग्रह गरे । प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तिमगरले प्रधामन्त्री कार्यालयको निर्णयले २ लाख श्रमजीवी पत्रकार, कर्मचारीहरु वेरोजगार हुने बताउँदै आफ्नो संगठन जुनसुकै संघर्षमा उत्रिन तयार रहेको बताए । कार्यक्रममा पिपुल्सभोलेन्टीयर्स जर्नालिस्ट फोरमका संयोजक नवराज न्यौपानेले देशभरका एमएम रेडियोहरु बन्द गर्न लागेको हो भन्दै प्रश्न गरे, साथै उनले सरकारी टेण्डरको विज्ञापनमा भइरहेको घोटाला र भ्रष्टाचार छानविन गर्न माग गरे । नेपाल विज्ञापन संघका कार्यकारी निर्देशक अनन्त मैनालीले गोरखापत्रको इतिहाससँगै विकास भएको विज्ञापन एजेन्सीहरुको अधिकार खोस्ने निर्णय संघका लागि स्वीकार्य नभएको बताए । मैनालीले विज्ञापन एजेन्सीहरुले निजी र सरकारी दुबै सञ्चारमाध्यमसँग सम्झौता गरेरै काम गरेको बताउँदै कानुन विपरित र हठात निर्णय गरेर एजेन्सी खोस्ने कार्य स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, बर्निङ अस्पतालमा उपचार हुँदै
झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, बर्निङ अस्पतालमा उपचार हुँदै
च्याम्पियन्स ट्रफीका लागि भारतको टोली घोषणा
च्याम्पियन्स ट्रफीका लागि भारतको टोली घोषणा
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै
नेपाली कांग्रेसले ७८ औं स्थापना दिवस मनाउँदै
आजबाट प्रेस चौतारीको महाधिवेशन
आजबाट प्रेस चौतारीको महाधिवेशन
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट
फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट
कारोबारसँगै घट्यो सेयर बजार
कारोबारसँगै घट्यो सेयर बजार
१ लाख १० हजारका कारण सर्लाहीका  एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो
सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...