२६ जेष्ठ २०८२, आईतवार

लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई

९ चैत, काठमाडौं । लोसपा नेता राजेन्द्र महतो निष्काशित भएका छन् ।

अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित हुन पुगेको जानकारी गराएका हुन् ।विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो, तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै ०७६ सालमा जसपा बनेको थियो । त्यसमा पनि विभाजन आएसँगै ठाकुर, महतो लगायतहरु लोसपामा आइपुगेका थिए ।

अब महतोले नयाँ राजनीतिक अभियानमार्फत अघि बढ्ने घोषणा गरेका छन् । उनले यसअघि कुरा गर्दै लोसपा लोसे शक्ति भएकाले यसले हिमाल पहाड तराई जोड्न नसक्ने बताएका थिए । महतोले आफ्नो अभियानलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment