इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
८३ पटक हेरिएको
Shares
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प

सारांश

  •         इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.
  • ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
  • स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढाएको छ ।

 

१९ चैत, काठमाडौं ।       

इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो । सुरुमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिए पनि पछि त्यसलाई परिमार्जन गरी ७.४ कायम गरिएको छ ।

भूकम्प लगत्तै अधिकारीहरूले सुनामीको उच्च जोखिम रहेको भन्दै सचेत गराएका छन् । हवाईस्थित सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर भित्र रहेका इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा समुद्री छालहरू आउन सक्ने सम्भावना रहेको बताएको छ । भग्नावशेषले पुरिएर एक जनाको मृत्यु स्थानीय खोज तथा उद्धार टोलीका अनुसार भवनको भग्नावशेषले थिचिएर ७० वर्षीया एक महिलाको मृत्यु भएको छ । मृतक उत्तर सुलावेसीको मिनाहासा क्षेत्रकी बासिन्दा हुन् । उद्धारकर्मीहरूले सुलावेसी टापुको उत्तरी छेउमा रहेको मनाडो शहरमा नराम्ररी क्षतिग्रस्त भएको एउटा भवनको भिडियो पनि सार्वजनिक गरेका छन् । राष्ट्रिय खेलकुद समितिले व्यवस्थापन गरेको उक्त भवनको भग्नावशेषमा मानिसहरू जम्मा भएको देखिन्छ । घरभित्रका फर्निचरहरू बाहिर हुत्तिएका छन् भने कतिपय धातुका संरचनाहरू बाङ्गिएका छन् । थप पराकम्पहरूको सम्भावना मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्पहरू गइसकेका छन् । राष्ट्रिय भूगर्भ एजेन्सीले अझै थप पराकम्पहरू आउन सक्ने अनुमान गरेको छ ।

एजेन्सीले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ, ‘अहिलेसम्म भवनहरूमा क्षति पुगेको र मानिसहरू घाइते भएको रिपोर्टहरू आएका छन् ।’ एजेन्सीले सर्वसाधारणलाई तटीय क्षेत्र र पहिरो जान सक्ने ठाउँबाट टाढा रहन तथा सुरक्षित निकासका संकेतहरू पछ्याउन सल्लाह दिएको छ । जापानद्वारा समुद्री सतहमा सामान्य परिवर्तनको पूर्वानुमान जापानको मौसम विज्ञान एजेन्सीले यो भूकम्पका कारण तटीय क्षेत्रमा ‘समुद्री सतहमा सामान्य परिवर्तन’ हुन सक्ने भन्दै अलर्ट जारी गरेको छ । शिजुओका, ओकिनावा र होक्काइडो लगायतका क्षेत्रहरूमा यो परिवर्तन देखिन सक्ने बताइएको छ । तर सुनामीबाट ठूलो क्षति नहुने अनुमान छ । मनाडो र टेर्नेट कहाँ पर्छन् ? आज बिहानको भूकम्पको केन्द्रविन्दुको सबैभन्दा नजिक मनाडो र टेर्नेट शहरहरू थिए । भूकम्प मोलुका सागरमा टेर्नेटबाट करिब १२० किलोमिटर पश्चिम र मनाडोबाट करिब १६० किलोमिटर पूर्वको बीचमा गएको थियो । मनाडो सुलावेसी टापुमा अवस्थित छ भने टेर्नेट मालुकु टापु समूहको एक सानो टापु हो ।

मोलुका सानो तर घना बस्ती भएको टापु हो । यहाँ २ लाख ५ हजारभन्दा बढी मानिस बसोबास गर्छन् । यो टापु आफ्ना प्राचीन किल्लाहरू, ज्वालामुखी दृश्यहरू र फराकिला समुद्री तटहरूका लागि परिचित छ । सन् २०२२ मा ६ सय बढीको ज्यान गएको थियो इन्डोनेसिया ‘रिङ अफ फायर’ भनिने अत्यधिक भूकम्प र ज्वालामुखी जोखिम क्षेत्रमा रहेका कारण यहाँ बारम्बार यस्ता प्राकृतिक प्रकोपहरु जाने गर्दछन् । सन् २०२२ मा इण्डोनेसियाको जाभा टापुको सियानजुर शहरमा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा ६०२ जनाको मृत्यु भएको थियो । यसैगरी सन् २०१८ को सुलावेसी भूकम्प र सूनामीले ४ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । सन् २००४ मा, अत्यन्त शक्तिशाली हिन्द महासागर भूकम्पबाट पनि इण्डोनेसियाको आचे प्रान्तमा ठूलो मानवीय क्षति भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बसबरियाका वडाध्यक्ष महतोको निधन
बसबरियाका वडाध्यक्ष महतोको निधन
गोली चलाएर  प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ
गोली चलाएर प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ
अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो : सेफ साह
अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो : सेफ साह
जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा
जसपा नेपालका जिल्ला अध्यक्ष रायसहित ६५ जनाको सामूहिक राजीनामा
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
प्रधानमन्त्री ओली आज जुम्ला जाँदै
प्रधानमन्त्री ओली आज जुम्ला जाँदै
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते