हेटौंडामा सवारी दु*र्घटना हुँदा एक किशोरीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १८, २०८२
|
|
५१ पटक हेरिएको
Shares
हेटौंडामा सवारी दु*र्घटना हुँदा एक किशोरीको मृ*त्यु

सारांश

  • मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित गुम्बाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ ।
  • हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई अनियन्त्रित हुँदा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
  • आज बिहान ११ः२५ बजेको समयमा हेटौंडाबाट जाँदै गरेको प्र.

१८ चैत,हेटौंडा ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित गुम्बाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ ।हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई अनियन्त्रित हुँदा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

आज बिहान ११ः२५ बजेको समयमा हेटौंडाबाट जाँदै गरेको प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम सडकखण्डमा एकापसमा ठक्कर खाएका थिए ।ठक्कर लगत्तै ७६८३ नम्बरको मोटरसाइकलको पछाडि सवार हेटौंडा–९ की १८ वर्षीया एकता बैद्य अनियन्त्रित भई सोही दिशामा सिमेन्ट लोड गरेर वीरगञ्ज जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा ठोक्किन पुगेकि थिइन्।ट्रकमा ठोक्किएर टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेकी बैद्यलाई तत्काल उपचारका लागि हेटौडा अस्पताल लगिएको थियो ।

अस्पताल पु¥याइएको केही समयपछि दिउँसो १२ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा परी ७६८३ नम्बरको मोटरसाइकलका चालक हेटौडा–४ बस्ने १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् भने अर्को मोटरसाइकलका चालक चितवनको इच्छाकामना–५ का २१ वर्षीय पुष्पालाल गुरुङ मध्यम घाइते भएका छन् ।घाइते दुवैको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले दुर्घटनामा संलग्न तीनवटै सवारी साधन र ट्रक चालक बाँके कोहलपुरका ३३ वर्षीय बद्रि गडरीयालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगी गर्ने दुई जना पक्राउ
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
समाजसेवी दुबे सहित तिन सय भन्दा बढि समर्थकले गरे जनमत पार्टी प्रवेश
समाजसेवी दुबे सहित तिन सय भन्दा बढि समर्थकले गरे जनमत पार्टी प्रवेश
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ
एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ