जिल्ला अदालतले महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न किन अस्वीकार गर्‍यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १६, २०८२
|
|
४९ पटक हेरिएको
Shares
जिल्ला अदालतले महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न किन अस्वीकार गर्‍यो

सारांश

  • जाहेरी र त्यससम्बन्धी सक्कल फाइल नै उच्च अदालत पाटन पुगेको भन्दै जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमती दिन अस्विकार गरेको छ ।
  • एमाले नेता महेश बस्नेतविरुद्ध २६ परिसर ५८ सांकेतिक नाम भएकी युवतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
  • भ्रुण हत्या, बलात्कार र चोरी डाँका मुद्दामा प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि ती युवतीले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएकी थिइन् ।

१६ चैत, काठमाडौं ।

जाहेरी र त्यससम्बन्धी सक्कल फाइल नै उच्च अदालत पाटन पुगेको भन्दै जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमती दिन अस्विकार गरेको छ ।

एमाले नेता महेश बस्नेतविरुद्ध २६ परिसर ५८ सांकेतिक नाम भएकी युवतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । भ्रुण हत्या, बलात्कार र चोरी डाँका मुद्दामा प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि ती युवतीले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा अनुसन्धान नै अघि नबढाई सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरेको थियो । त्यसपछि ती युवतीले अर्को पुरक जाहेरी दिएकी थिइन् । तर आफ्नो जाहेरीमाथि कुनै कारवाही अघि नबढेको दावी गर्दै उनले हालेको दोस्रो रिट निवेदन उच्च अदालत पाटनमा विचाराधिन छ । त्यो मुद्दाको सुनुवाईका क्रममा उच्च अदालत पाटनले सरकारी वकिलको कार्यालयमा रहेको सबै फाइल नै मगाएर लगेको छ ।

‘त्यो फाइल उच्च अदालत पुगेको छ, तर अहिले दर्ता गरिएको बेहोरा र त्यो फाइलको विवरणमा फरक देखिएन’ जिल्ला अदालत काठमाडौंसम्वद्ध स्रोतले भन्यो, ‘त्यही विषय माथिल्लो तहको अदालतमा विचाराधिन भएको अवस्थामा यस अदालतबाट अन्य आदेश जारी गर्नु न्यायिक मान्यता एवं कानूनी व्यवस्था विपरित हुनजान्छ ।’ जिल्ला अदालत काठमाडौंले उच्च अदालत पाटनमा रहेको विवादको टुंगो लागेर सक्कल मिसिल प्राप्त भएपछि मात्रै त्यसवारेमा सोच्न सकिने भनी आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘हाललाई निवेदन माग बमोजिम (पक्राउ अनुमती जारी) गर्न मिलेन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन
वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत
राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
नागरिक सेवा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री लेखक
नागरिक सेवा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री लेखक
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...